+
+

सामसङको नयाँ ग्यालेक्सी ए५४ ५जी र ए३४ ५जी नेपाली बजारमा सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १६ गते १३:००

काठमाडौं । सामसङले नयाँ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जीलाई नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार लोकप्रिय ए –सिरिजका २ वटा नवीनतम फोनहरु अद्भूत क्यामराहरु र विशेषताहरुको लागि परिचित छन्, जसले प्रयोगकर्ताहरुलाई तिनको अद्भूत पर्फरमेन्स र उपयोगीताका साथ अचम्भित तुल्याउने गरी बनाइएको छ ।

उत्कृष्ट बनावट र अनुभूति एवं टिकाउपनाका लागि गरिएको डिजाइनका साथ ग्यालेक्सी ए५४ ५जी र ग्यालेक्सी ए३४ ५जीलाई धेरै समय सम्म टिक्ने ब्याट्री र विस्तारित मनोरञ्जनात्मक विशेषताहरुले ग्राहकहरुका लागि पहिलो रोजाइ बनाइदिएको कम्पनीले बताएको छ ।

नयाँ सामसङ ग्यालेक्सी ए३४ र ए५४ ले अतुलनीय मोबाइलको अनुभव दिलाउन स्लिक डिजाइन र अत्याधुनिक प्रविधि दुवै पेश गरिएका कारण ग्राहकहरुलाई कम प्रकाशमा पनि तीक्ष्ण फोटोहरु र भिडियोहरु खिच्न मद्दत पुग्ने सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले बताए । उनका अनुसार यो उत्कृष्टताको अनुभूति वर्षौं वर्षसम्म आईपी ६७ रेटिङ र गोरिल्ला ग्लास ५ को संरक्षणसहित ओएस अपग्रेडहरुको ४ पुस्ता र ५ वर्षे सुरक्षा अद्यावधिकरुका साथ टिकी रहन सक्ने छ ।

कम्पनीका अनुसार ग्यालेक्सी ए५४ ५जी र ग्यालेक्सी ए३४ ५जीमा फ्लोटिङ्ग क्यामराका साथसाथै मोबाइलको रङ्गसँग मिल्ने मेटल क्यामरा डेकोको सुविधा पनि रहेको छ । ग्यालेक्सी ए –सिरिजमै पहिलो पटक ए५४ ५जिमा यसलाई प्रिमियम बनावट र अनुभव दिलाउने ग्लास ब्याक विशेषता जडित छ ।

ग्यालेक्सी ए५४ ५जी ३ रङ्गहरु कालो, हरियो र बैजनी रङ्गमा उपलब्ध छ भने ग्यालेक्सी ए३४ ५जी पनि कालो, हरियो र सिल्भर गरी ३ रङ्गहरुमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

कति पर्छ मूल्य ?

पछिल्लो ए–सिरिज लन्चकोमा, सामसङले पहिलो पटक २५६ जीबी मेमोरी भेरियन्टलाई ६० हजार रुपैयाँ तोकिएको छ । जसले किफायती मूल्यमा उच्च प्रदर्शन उपकरणहरू प्रदान गर्ने ब्रान्डको प्रतिबद्धतालाई संकेत गर्ने कम्पनीले बताएको छ ।

दुवै ग्यालेक्सी ए५४ ५जी र ग्यालेक्सी ए३४ ५जी २ वटा मेमोरीमा उपलब्ध रहेको छ । ग्यालेक्सी ए५४ ५जीको ८ जीबी र्‍याम र १२८ जीबी आन्तरिक स्टोरेज भएको फोनलाई ५६ हजार ९९९ रुपैयाँ तोकिएको छ भने ८ जीबी र्‍याम र २५६ जीबी आन्तरिक स्टोरेज क्षमता भएको फोनको मूल्य ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

यस्तै ए३४ ५जीको ८ जीबी र्‍याम र १२८ जीबी आन्तरिक स्टोरेज भएको फोनको मूल्य ४५ हजार ९९९ रुपैयाँ तोकिएको छ । जसमा माइक्रो एसडी कार्डको प्रयोगमार्फत् १ टीबीसम्मको आन्तरिक मेमोरी बढाउन सक्ने सुविधा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?