+
+

विमानस्थल प्रशासनलाई मन्त्री किरातीका एक दर्जन प्रश्न, परिणाममा जवाफ दिन निर्देशन 

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १६ गते १६:४२

१६ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्रिभुवन विमानस्थल प्रशासनलाई एक दर्जन प्रश्न सोध्दै त्यसको जवाफ माग गरेका छन् ।

बिहीबार विमानस्थल र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुसँग छलफल गर्दै उनले विमानस्थलसम्बन्धी एक दर्जन प्रश्नका जवाफ माग गरेका हुन् । आफूले सोधेको प्रश्नका जवाफ परिणाममा दिन समेत निर्देशन दिएका छन् ।

उनले ब्यागेज चोरिएको घटनाको सत्यतथ्य खुलाउन भनेका छन् । अराइभलमा यात्रु लड्ने विद्युतीय भर्‍याङ्गबारे अहिले के भइरहेको छ र कहिलेसम्म निर्माण हुन्छ भनी सोधेका छन् ।
सरसफाइ अभियान के कस्तो चल्दै छ भन्दै उनले समयमा जहाज उड्दैछ कि छैन भनेर समेत सोधेका छन् । यात्रुमैत्री विमानस्थल बन्दै छ कि छैन, विमानस्थल भित्र महँगी नियन्त्रण भयो कि भएन भनेर समेत मन्त्री किरातीले सोधेका छन् ।

ब्रेक बिनाको ट्रली फेर्ने काम कहाँ पुग्यो, शौचालय भित्र बजिरहेको संगित किन बन्द भयो, महिला शौचालयमा सेनिटरी प्याड राख्ने काम के भयो भनी उनले सोधेका छन् । एयरपोर्ट अगाडिको ब्यूटिफिकेसन के भयो, एयरपोर्ट भित्र कुकुर र बाँदर कसरी पस्यो र एयरपोर्ट भित्र वाइफाइ प्रभावकारी किन चल्दैन भन्ने प्रश्नको समेत मन्त्री किरातीले जवाफ मागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?