+
+

उपनिर्वाचन हुने तनहुँमा मतदाता घटे, चितवन र बारामा बढे

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १६ गते १९:०७

१६ चैत, काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचन हुने ३ क्षेत्र तनहुँ १, चितवन २ र बारा २ मा ३ लाख ५३ हजार २४८ जना मतदाताले मतदान गर्न पाउने भएका छन् ।

उपनिर्वाचन समेतका लागि निर्वाचन आयोगले आज बिहीबार अन्तिम मतदाता नामावली स्वीकृत गरी प्रकाशन गरेको छ । जस अनुसार गत मंसिरको चुनावको तुलनामा तनहुँ १ मा मतदाता घटेका छन् भने चितवन २ र बारा २ मा मतदाता बढेका छन् ।

उपनिर्वाचनका लागि चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ४७० थप भई १ लाख २४ हजार ६९५, बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २३७ थप भई १ लाख ५ हजार २४८ र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा १८५ घटी भइ १ लाख २३ हजार ३०५ मतदाता कायम भएका निर्वाचन आयोगले जनाएको छ ।

उपचुनावलाई ध्यानमा राखेर चितवन जिल्लामा २०७९ फागुन १ गतेदेखि तथा बारा र तनहुँ जिल्लामा चैत ६ गतेदेखि लागू हुने गरी अनलाइन प्रणालीमा आधारित मतदाता नामावली दर्ता र बाहिरी जिल्ला दर्ता स्थगन गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।

उपनिर्वाचन हुने तीन जिल्लाका लागि १९४ मतदानस्थल र ४२७ मतदान केन्द्र कायम भएको छ । सो अनुसार चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ४३ वटा मतदानस्थलमा १३८ मतदान केन्द्र, बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ८२ मतदानस्थलमा १३७ मतदान केन्द्र र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा ६९ मतदानस्थलमा १५२ मतदान केन्द्र तोकिएको छ ।

यी क्षेत्रहरुमध्ये चितवन क्षेत्र नं. २ र तनहुँ क्षेत्र नं. १ मा गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा रहेका मतदान केन्द्र र मतदानस्थल कायम छन् । बारा क्षेत्र नं. २ मा १ मतदान केन्द्र थप गरिएको आयोगले जनाएको छ ।

आयोगले पछिल्लो पटक सार्वजनिक गरेको स्वीकृत मतदाता नामावली बमोजिम मिति २०८० वैशाख ९ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरूमध्ये महिला मतदाता ८८ लाख ५२ हजार ४६, पुरुष मतदाता ९१ लाख ४९ हजार ३३५ र अन्य १८५ जना गरी जम्मा १ करोड ८० लाख १ हजार ५६६ जना मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?