+
+

त्रिभुवन विमानस्थलका कर्मचारीको कामबारे अब दैनिक अभिलेख राखिने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १६ गते १९:४३

१६ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीको कामबारे अब दैनिक अभिलेख राखिने भएको छ । विमानस्थलका महाप्रबन्धक प्रताप तिवारीका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल स्तरको सेवा सुविधा दिई कार्यालयको छविलाई सकारात्मक राख्न यस्तो निर्णय गरिएको हो ।

महाप्रबन्धक तिवारीका अनुसार अब वायुयान तथा विमानस्थल सुरक्षा, यात्रुको सेवा सुविधा सन्तुष्टि सुनिश्चित गर्न गर्नु पर्ने काम, कार्यालयबाट भएका निर्णय र महाप्रबन्धकबाट भएका निर्देशक कार्यान्वयन गर्न कार्ययोजना बनाइने भएको छ । यस्तो कार्ययोजना विभाग तथा महाशाखाले तयार पारी स्वीकृत गराई कार्यान्वयनमा ल्याइने छ । अब आफ्नो कार्य सम्पादनको प्रगतिको मूल्यांकन आफैं र सहकर्मीको समेत मूल्यांकन गर्ने परिपाटी बसालिने भएको छ । सो मूल्यांकनलाई कर्मचारीको कार्य सम्पादन मूल्यांकनको आधार बनाइने भएको छ ।

विभिन्न विभाग, महाशाखा, शाखा प्रमुखले आफूलै दैनिक सम्पादन गरे/गराएको कामलाई कम्तीमा शाखा प्रमुखले, महाशाखा प्रमुख समक्ष, विभाग अन्तर्गत महाशाखा प्रमुखले विभागीय प्रमुख समक्ष र विभाग नभएका महाशाखा प्रमुख र विभागीय प्रमुखले महाप्रबन्धकलाई भाइबर/म्यासेन्जरमार्फत वा प्रत्यक्ष दैनिक रिर्पोटिङ गर्नुपर्ने भएको छ ।

विभाग र महाशाखा प्रमुखको समीक्षा/समन्वयात्मक बैठक भने हरेक साता सोमबार ११ बजे बस्ने गरी तोकिएको छ । यसअघि विमानस्थलको छवि सुधारबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले एक दर्जन प्रश्न राख्दै कामबाट जवाफ दिन निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?