+
+

थ्री स्टार क्लब सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १६ गते १९:४१

१६ चैत, धनगढी । थ्री स्टार क्लब धनगढीमा जारी मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार धनगढी रंगशालामा भएको सेमिफाइनल खेलमा आयोजक सुदूरपश्चिम–११ लाई हराउँदै थ्री स्टार छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको हो ।

आयोजकलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै थ्री स्टार उपाधि नजिक पुगेको हो । थ्री स्टारले उपाधिका लागि शनिबार मनाङ मस्र्याङ्दी क्लवसँग खेल्नेछ ।

खेलको ३० औं मिनेटमा पहेलो कार्ड पाएका थ्री स्टारका दिपेश गुरुङ ४४ औं मिनेटमा रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । थ्री स्टार क्लब १० खेलाडीमा सिमित भए पनि पहिलो हाफमा दुबै टोलीले गोल गर्न सकेनन् ।

बिक्रम लामाले ८३ औं मिनेटमा हेडमार्फत गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्जुरी समयमा आयोजक टीमका माधव भण्डारीले गोल गर्दै खेललाई पेनाल्टी सुटआउटमा पुर्याएका थिए ।

पेनाल्टी सुटआउटमा सुदूरपश्चिम–११ का विष्णु चौधरी र विमल ओलीको प्रहार थ्री स्टारका गोलकिपर मोहम्मद टाहाले रोकेका थिए ।

थ्री स्टारका बिक्रम लामा, आदित्य शाक्य, अशोक खवास र माथिन्जाको प्रहार सफल भएको थियो । सुदूरपश्चिमका फागुराम थारु र माइकल शाहीको प्रहारले जाली चुमेको थियो । खेलको ‘एसपीए म्यान अफ दि म्याच’ थ्री स्टारका कप्तान बिक्रम लामा घोषित भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे ।

यसअघि नै क्यामरुनको एभिनर फुटबल क्लवलाई हराउँदै मनाङ प्रतियोगिताको फाइनल प्रवेश गरिसकेको छ ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?