+

टेस्ट क्रिकेटबाट रोहित शर्माको सन्यास घोषणा

२०८२ वैशाख  २४ गते २०:०१ २०८२ वैशाख २४ गते २०:०१
टेस्ट क्रिकेटबाट रोहित शर्माको सन्यास घोषणा

२४ वैशाख, काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान तथा स्टार ब्याटर रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो टेस्ट करियरलाई यहीँ अन्त्य गर्ने निर्णय लिएको जनाएका हुन्।

‘मैले भारतीय जर्सीमा टेस्ट क्रिकेट खेल्न पाउँदा गर्व महसुस गरेको छु। यो मेरो जीवनको एक अविस्मरणीय यात्रा थियो’ उनले लेखेका छन् ।

३८ वर्षीय शर्माले ६७ टेस्ट खेलमा ४३०१ रन बनाएका छन्। उनले १२ शतक र १८ अर्धशतक सहित ४०.५७ को औसतमा रन बनाएका छन् ।

रोहित शर्माले सन् २०१३ मा वेस्ट इन्डिजविरुद्ध कोलकातामा टेस्ट डेब्यु गरेका थिए जहाँ पहिलो र दोस्रो दुवै टेस्टमा शतक बनाए।

तर त्यसपछि पाँच वर्षसम्म उनी निरन्तर फर्ममा रहेनन्। २०१९ मा ओपनरको रूपमा सुरुवात गरेपछि उनले दक्षिण अफ्रिकाविरुद्ध दुई शतक र एक दोहोरो शतक (२१२ रन) बनाएका थिए ।

उनले एकदिवसीय करियरलाई भने निरन्तरता दिने पनि जनाएका छन् । उनको कप्तानीमा भारतले टी-२० विश्वकप, एसिया कप र च्याम्पियन्स ट्रफी जितेको छ ।

टेस्ट कप्तानीमा भने भारतले १२ खेल जित्दा ८ खेलमा हार बेहोरेको छ। पछिल्लो सिजन भारत न्यूजिल्याण्डसँग घरेलु सिरिज ३-० ले गुमाएको थियो, जुन १२ वर्षपछि पहिलो घरेलु सिरिज हार हो।

रोहित शर्मा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय