+
+

कांग्रेस उपसभापति खड्का भन्छन्– मन्त्री बन्नेको नाम टुंगो लागिसकेको छैन

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते ७:१३

१७ चैत, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारमा मन्त्रीको रुपमा सहभागी हुनेहरुको नामावली अझै टुंगो लागिनसकेको बताएका छन् । कतिपयले सामाजिक सन्जालमा नेताहरुको फोटो राखेर मन्त्री बन्न लागेको भन्दै बधाई दिने गरेपछि खड्काले गएराति सामाजिक सन्जालमार्फत् नै नामावली टुंगो नलागेको बताएका हुन् ।

पार्टी सभापतिले हस्ताक्षर गरेर नामावली प्रधानमन्त्रीलाई नबुझाएसम्म कुनै पनि बेला निर्णय परिवर्तन हुनसक्ने खड्काको भनाइ छ । उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘अहिलेसम्म पार्टीका तर्फबाट मन्त्रीहरुको फाइनल नाम टुङ्गो लागिसकेको छैन । जबसम्म औपचारिक निर्णय भएर सभापतिज्युको हस्ताक्षरित पत्र प्रधानमन्त्रीज्युकोमा पुग्दैन, तबसम्म निर्णय परिवर्तन हुन सक्छ ।’

प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । अपराह्न तीन बजे नयाँ मन्त्रीको शपथ ग्रहण हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । सरकारमा नेपाली कांग्रेसको नेतृत्व पूर्णबहादुर खड्काले गर्ने चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?