+
+

भीम रावलले कर्तव्य पालना गर्नुभएको छैन, एकपछि अर्को गल्ती गर्दै जानुभएको छ : विष्णु पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते १०:१६

१७ चैत, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले पार्टीलाई कमजोर बनाउने गतिविधि गरेको आरोप लगाएका छन् । रावलले पार्टी अनुशासन पालना नगरेर गल्ती गरेको पौडेलको भनाइ छ ।

आज बिहान कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले भने, ‘भीम रावल जीले पार्टीको अनुशासनको दृष्टिकोणले, पार्टीको एउटा जिम्मेवार सदस्यले पालना गर्नुपर्ने कर्तव्यको दृष्टिकोणले, उहाँले पार्टी सदस्यको कर्तव्य पालना गर्नु भएको छैन । उहाँले पार्टीको निर्णय पालना गरेर चल्नु भएको छैन । पार्टीको निर्णयको खिलाफ सार्वजनिक रुपमा बोल्नु भएको छ । पार्टीलाई कमजोर पार्ने गतिविधि गरिरहनु भएको छ ।’

रावलले कहिले पत्रकार सम्मेलन गरेर र कहिले अधुरा सूचनाका आधारमा क्रियाप्रतिक्रियामा ओर्लिएर गल्ती गर्दै गएको पौडेलको भनाइ छ ।

उनले भने, ‘घरी उहाँ पत्रकार सम्मेलन गर्नु हुन्छ, घरी क्रियाप्रतिक्रियामा ओर्लिनुहुन्छ । कतिपय अधुरा सूचनाको आधारमा प्रतिक्रियामा उत्रिनुहुन्छ । यहाँले एकपछि अर्को गल्ती गर्दै गर्दै जानुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?