+
+

रुबिना र सीता फेयरब्रेक क्रिकेट खेल्न हङकङ प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते १३:२९

१७ चैत, काठमाडौं ।  राष्ट्रिय महिला क्रिकेट टिमका कप्तान रुबिना क्षेत्री र सीता राना मगरले फेयर ब्रेक इन्भाइटेसनल टी-२० लिग खेल्ने भएका छन् ।

अप्रिल ३ देखि हङकङमा सुरु हुने फेयर ब्रेक इन्भाइटेसनल टी-२० लिगको दोश्रो संस्करण खेल्न यी दुई खेलाडी शुक्रबार हङकङ प्रस्थान गरेका छन् ।

दुवै खेलाडीले लगातार दोस्रो पटक फेयरब्रेक खेल्न लागेका हुन् । रुबिनाले बार्मी आर्मी र सीताले टोर्नाडोजबाट खेल्नेछन् ।

गत सिजन सीता आबद्ध टोर्नोडोजले उपाधि जितेको थियो ।

आईसीसीले स्वीकृत गरेको प्रतियोगितालाई लैङ्गिक समानता प्रवर्द्धन गर्ने लक्ष्यका साथ फेयरब्रेक ग्लोबलले निजी रूपमा सञ्चालन गर्नेछ ।

जसमा विश्वका २८ देशका कुल ८३ खेलाडीहरुले ६ टोलीमा रहेर खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?