+
+

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते १४:५१

१७ चैत, काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले राजीनामा दिएका छन् ।

मन्त्रिपरिषद् पुनर्गठन गर्दा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएपछि खानले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।

१० पुसमा प्रचण्डलाई समर्थन गरेको जमनतले सुरुदेखि कृषि वा उद्योगमध्ये एक मन्त्रालय पाउनुपर्ने माग गर्दै आएको थियो ।

११ पुसमा विना विभागीयमन्त्री बनेका खानलाई प्रधानमन्त्रीले ३ माघको मन्त्रिपरिषद् पुनर्गठनका क्रममा खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका थिए । सुरुमा असन्तुष्टि जनाएर मन्त्रालय नगएकाले उनले ११ माघमा पदभार सम्हालेका थिए ।

राष्ट्रपति निर्वाचनसँगै सत्ता गठबन्धन भत्कियो, र कांग्रेससहितको नयाँ गठबन्धन बन्यो ।

कांग्रेस र माओवादी केन्द्रले जनता समाजवादी पार्टी (जसपा) लाई उपराष्ट्रपति दिने सहमति गरेपछि जनमतले उपप्रधानसहित दुई मन्त्रालय आफूहरुले पाउनुपर्ने माग राखेको थियो । पछिल्ला छलफलहरुमा प्रदेश २ को मुख्यमन्त्री र केन्द्रमा उद्योग मन्त्रालय पाउनुपर्ने जनमतको माग थियो ।

त्यसमा सकारात्मक देखिएका प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा उद्योग मन्त्रालय कांग्रेसलाई दिएपछि खानेपानी मन्त्री खानले राजीनामा दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?