+
+
Shares

उद्योग र व्यापार क्षेत्रलाई आर्थिक संकटबाट माथि उठाउँछु : उद्योग मन्त्री रिजाल

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ चैत १७ गते १६:२२

१७ चैत, काठमाडौं । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले आर्थिक संकटबाट गुज्रिएको उद्योग र व्यापारिक क्षेत्रलाई माथि उठाउने बताएका छन् ।
अनलाइनखबरसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री रिजालले हालको संकट आफ्नो कार्यकालमा समाधान गर्ने दाबी गरे ।

‘उद्योग, वाणिज्य र आपूर्तिका क्षेत्रमा आर्थिक संकटका कारण समस्याहरु छन्,’ मन्त्री रिजालले भने, ‘यसलाई मेरो पालामा समाधान गर्छु । उद्योग र व्यापारिक क्षेत्रलाई संकटबाट माथि उठाउँछु ।’

निजी क्षेत्रलाई विश्वासमा लिएर मुलुकको औद्योगीकरण र व्यावसायिक वातावरण र आपूर्ति व्यवस्था सहज बनाउन आफ्नो प्रमुख भूमिका हुने मन्त्री रिजालले बताए ।

विश्वको मञ्चमा तीब्र आर्थिक विकास गरिरहेका नेपालका दुई छिमेकी मुलुक भारत र चीनको आर्थिक समृद्धिबाट नेपाललाई लाभ हुनेगरी पहल गर्ने पनि उनले बताए ।

दुई ठूला मुलुकहरुबाट लाभ लिन सक्नेगरी नेपालमा लगानी भित्र्याउन पनि मैले पहल गर्नेछु,’ मन्त्री रिजालले भने, ‘यसका लागि प्रधानमन्त्रीलाई पनि विश्वासमा लिनेछु ।’

मन्त्रालयमा आफूले धेरै कुरा सिक्न बाँकी रहेको भन्दै उनले कर्मचारी र सम्पूर्ण संस्थान तथा कार्यालयहरुबाट सकारात्मक सहयोगको अपेक्षा गरेको पनि उनले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?