+
+

कृषि मन्त्रीको पहिलो निर्णय : अन्तरतह समन्वय निर्देशिका बनाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते २०:२८

१७ चैत, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले पदभार ग्रहण गरेका छन् । शुक्रबार राष्ट्रपतिसँग पद तथा गोपनियताको शपथ लिएपछि मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन ।

उनले संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ मा उल्लेख भए बमोजिम कृषि तथा पशुपन्छी विकास सम्बन्धी कार्यमा संघ, प्रदेश र स्‍थानीय तह बीचका अन्तरसम्बन्ध व्यवस्थित गर्ने निर्देशिका अर्को वर्षको वैशाखभित्र तयार गर्ने सम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गरे ।

पदभार ग्रहणपछि मन्त्रालयले मन्त्री भुसाललाई समग्र कृषि क्षेत्रको अवस्थाबारे ब्रिफिङ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?