+
+

पशुपति क्षेत्र विकास कोषका पदाधिकारी जता कमिसन उतै लाग्ने रैछन् : मन्त्री किराती

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १८ गते १२:३३

१८ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरु कमिसनको खेलमा लाग्ने गरेको पाइएको बताएका छन् ।

पशुपतिनाथ क्षेत्रको सरसफाइमा सहभागी भएलगत्तै नेपाल पर्यटन बोर्डले आयोजना गरेको एक कार्यक्रममा उनले पशुपति क्षेत्र विकास कोषका पदाधिकारी कमिसनको खेलमा लाग्ने गरेको कुरा थाहा पाएको बताएका हुन् ।

पशुपति क्षेत्र परिसरमा सफाइ गर्ने क्रममा आफूलाई त्यहाँ रहेका मानिसहरुले पशुपति क्षेत्र विकास कोष जताबाट कमिसन आउँछ, त्यतै लाग्ने गरेको बताएको उनले सुनाए । ‘…विकास कोषका साथीहरु कहाँबाट कमिसन आउँछ, खाली त्यतै मात्रै लाग्ने । आज त्यहाँको सबै जनताले भने नि त !’ उनले भने ।

पशुपतिनाथ क्षेत्रको फोहोर देखेर आफू साह्रै लज्जित भएर फर्केको उनको भनाइ छ । त्यहाँ जाने दर्शनार्थीहरुले ट्वाइलेट आफूलाई सोधेको र आफू पनि टवाइलेट खोज्दै हिड्नुपर्ने अवस्था आएको पनि उनको गुनासो थियो ।

मन्त्री किरातीले पर्यटनको पहिलो आधार सरसफाई भएकाले आफू पनि पशुपतिनाथ क्षेत्रको सफाइमा गएको तर त्यहाँ धेरै फोहोर रहेको समेत बताए ।

उनले सो क्षेत्रमा बिहान मर्निङ वाकमा आउनेहरुले समेत फोहोर ˆयाँकेर जाने गरेकाले त्यहाँको सफाइका लागि सबै सुध्रनुपर्ने बताए ।

मन्त्री किरातीको भनाइ भिडियोमा हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?