+
+

यस्तो मन्दिर, जहाँ हुन्छ २५ हजार मुसाको पूजा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १८ गते १९:३०

काठमाडौं । घरहरुमा मुसाले हैरान पार्नु आम समस्या नै हो । हुनत मुसालाई गणेश भगवानको वाहन भनिन्छ, हिन्दु धर्ममा । तर मानिसहरु घरमा ध्वंस मच्चाउने मुसा नियन्त्रण गर्न तथा मार्नका लागि अनेक खालका विधि अपनाउँछन् ।

संसारमा सबैतिर मानिसले मुसालाई धपाउन तथा मार्नका लागि अनेक कसरत गर्ने भए पनि भारतमा चाहीँ मुसालाई पूजा गर्नका लागि एउटा मन्दिर नै खडा गरिएको छ ।

भारतको राजस्थानस्थित बिकानेरमा रहेको करणी माताको मन्दिर संसारकै एउटा मात्र यस्तो मन्दिर हो जहाँ केवल मुसाहरुको मात्र पूजा गरिन्छ ।

यो मन्दिरलाई मूषक मन्दिर अर्थात् मुसाको मन्दिर पनि भनिन्छ किनकी यो मन्दिरमा २५ हजार भन्दा धेरै संख्यामा मुसा बस्दछन् । र, त्यहाँ बस्ने मुसालाई देवी माताका सन्तान भनिन्छ ।

सो मन्दिरमा दर्शनका बेला भक्तजनहरुलाई केही विशेष निर्देशन दिइन्छ । सो मन्दिरमा हिँड्दा खुट्टा लतारेर हिँड्नु पर्दछ । खुट्टा उचालेर हिँड्दा मुसाहरु पाइताला मुनि आएर कुल्चिएर मर्ने सम्भावना हुने भएकाले यस्तो नियम बनाइएको हो । त्यसैले सो मन्दिर बाहिर हिँड्दा खुट्टालाई जमिनभन्दा माथि उठाउन पाइँदैन । पैतलामुनि मुसा आउनुलाई मात्रै पनि त्यहाँ निकै अशुभ मानिन्छ ।

यो मन्दिरमा खैरो रंगका मुसाका अतिरिक्त केही सेता मुसाहरु पनि पाइन्छन् । ती श्वेत मुसाहरुलाई निकै पवित्र मानिन्छ ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?