+
+

भ्वाइस किड्स नेपालमा अर्को सातादेखि ब्याटल राउण्ड, चार कोचको ‘ड्रिम टिम’ तयार

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १८ गते २२:४३

काठमाडौँ । टेलिभिजन रियालिटी शो भ्वाइस किड्स नेपालको ब्लाइण्ड अडिसन शनिबार सकिएको छ । आगामी सातादेखि ब्याटल राउण्ड सुरु हुनेछ र यसका लागि प्रतिस्पर्धीको समीकरण तयार भएको छ ।

चारजना कोचमा १२/१२ जना प्रतिस्पर्धी अटाएका छन् । ब्लाइण्ड अडिसनको अन्तिम दिन शनिबार निकै रोचक रह्यो । ट्यालेन्ट प्रतिस्पर्धी छानिएकाले ब्याटल राउण्ड अझै रोचक हुने अनुमान गरिएको छ ।

शोको कोचमा प्रमोद खरेल, मिलन नेवार, सुशान्त केसी र प्रविशा अधिकारी छन् । खासमा भन्दा भ्वाइसको संरचना नै कोचबीचको प्रतिस्पर्धा समेत हो जसले गर्दा कोचबीच राम्रा ट्यालेन्टलाई भित्राउन होड चल्ने गर्छ । भ्वाइस किड्स नेपाल हिमालय टेलिभिजन एचडीबाट प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुँदै आएको छ ।

शनिबारको एपिसोड :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?