१९ चैत, काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद ठाकुर गैरेले मिटरब्याज पीडितको समस्या समाधान गर्न आयोग गठन गर्ने सरकारको तयारीप्रति प्रश्न उठाएका छन् ।
आइतबार प्रतिनधिसभाको शून्य समयमा बोल्दै सांसद गैरेले शनिवार सरकारबी वार्ता टोली र पीडितहरुको वार्ता टोलीबीच भएको पाँच बुँदे सहमतिलाई उनले धोकाधडीको संज्ञा दिए ।
‘यो मिटरब्याजीहरुबाट पीडित भएका नागरिकहरुमाथि फेरि अर्को धोकाधडी भएको छ । एउटा आयोगको प्रतिवेदन थन्काएर फेरि अर्को आयोग गठन गरेर यो विषयलाई लम्ब्याउने, अलमल्याउने र पीडकहरुलाई उन्मुक्ति दिनेतर्फ जुन काम भएको छ । यो करेक्सन हुनुपर्छ र तत्काल पीडकहरुले कारबाही पाउनुपर्छ।’ सांसद गैरेले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4