+
+

नेशनल लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर, प्रतिहजार ८५ रुपैयाँसम्म

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते १८:००

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भएपछि नयाँ बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले विभिन्न बीमा योजनामा बोनस दर प्रति हजार बीमांक ६३-८५ रुपैयाँसम्म निर्धारण गरेको छ । सावधिक जीवन बीमा योजनामा ९ वर्ष अवधिका लागि प्रति हजार ६४ रुपैयाँ, १० देखि १४ वर्ष र १५ देखि २० वर्ष अवधिका लागि प्रति हजार ६४, २१ वर्षदेखि २५ वर्षसम्मका लागि प्रति हजार ७० रुपैयाँ, २६ र सो भन्दा माथिका लागि प्रति हजार ८५ रुपैयाँ तोकेको छ ।

त्यस्तै, सावधिक तथा आजिवन बीमालेख अन्तर्गत ९ वर्षदेखि २० वर्ष अवधि सम्मको लागि प्रति हजार ६४ रुपैयाँ, २१ देखि २५ वर्षसम्मका लागि प्रति हजार ७० रुपैयाँ, २६ देखि २९ वर्षसम्मका लागि प्रति हजार ८५ रुपैयाँ र ३० वा सो भन्दा बढी अवधिका लागि प्रति हजार ८५ रुपैयाँ बोनसदर रहेको कम्पनीले जनाएको छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख योजनामा ९ वर्ष अवधिका लागि प्रति हजार ६३ रुपैयाँ, १० देखि १४ वर्षसम्मका लागि प्रति हजार ६३ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि प्रति हजार ६४ रुपैयाँ, २० र सो भन्दा माथिका लागि प्रति हजार ६४ रुपैयाँको दरले बोनस दर तोकिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?