+
+

भर्सटाइल सुरक्षा (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते १८:०४

काठमाडौं । २०७२ सालमा रिलिज भएको नेपाली फिल्म ‘अझै पनि’बाट अभिनय करिअर थालेकी सुरक्षा पन्त अहिलेकी व्यस्त अभिनेत्री हुन् । ‘आमा’ उनको करिअरकै उत्कृष्ट फिल्म हो ।

पेशाले इन्जिनियर समेत रहेकी सुरक्षा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परियोजनामा समेत व्यस्त छिन् । गत महिना दर्शक र फ्यानलाई सरप्राइज दिंदै प्रेमी मानव सुवेदीसँग विवाह गरेकी सुरक्षा अभिनय करिअरलाई पनि इन्जिनियरिङसँगै अघि बढाउन चाहिन्छन् ।

फिल्मसँगै टेलिभिजन कार्यक्रममा व्यस्त सुरक्षाको ‘पोएट आइडल’ पछिल्लो समय रुचाइएको टीभी शो हो । यसबाहेक चैत २४ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘बहाव’मा उनले शीर्ष भूमिका निर्वाह गरेकी छन् । वामपन्थी विचारधारामा रुचि राख्ने एक पात्रको भूमिकामा उनी यसमा देखिएकी छन् ।

बहावपछि वैशाख १ गते उनको आगामी फिल्म ‘बुलाकी’ प्रदर्शन तयारीमा छ । समसामयिक राजनीति र सामाजिक मुद्दामा समेत रुचि राख्ने उनी गम्भीरखालका दर्शकमाझ प्रिय छिन् ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?