+
+

आईपीएलमा राजस्थानको सानदार सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते २०:११

१९ चैत, काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) को साविक उपविजेता राजस्थान रोयल्सले १६औ संस्करणको आफ्नो पहिलो खेलमा सनराइजर्स हैदरवादलाई ७२ रनले पराजित गर्दै सानदार सुरुवात गरेको छ ।

जोस बटलर, यजस्पी जैसवाल र कप्तान सन्जु सामसनको अर्धशतक अनी बलर युजभेन्द्र चहलको ४ विकेट प्रदर्शनमा राजस्थानले सानदार जित हासिल गरेको हो ।

हैदरवादको मैदान राजिब गान्धी अन्तराष्ट्रिय क्रिकेट स्टेडियम टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले तीन खेलाडीको अर्धशतकमा ५ विकेट गुमाएर २०३ रन बनाएको थियो । २०४ रनको लक्ष्य पछ्याएको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाएर १३१ रन मात्र बनायो ।

हैदराबादका लागि आठौं नम्बरमा ब्याटिङ गरेका अब्दुल समादले अविजित रहँदै सर्वाधिक ३२ रन बनाए । मंयक अग्रवालले २७ रन जोडे । उमरान मल्लिकले अविजित १९ रन बनाए ।

बलिङमा राजस्थानका लागि युजभेन्द्र चहलले ४ ओभरमा १७ रन खर्चेर ४ तथा ट्रेन्ट बोल्डले २ विकेट लिए । त्यसअघि राजस्थानले तीन खेलाडीको अर्धशतकमा शानदार सुरुवात गर्दै यस सिजन २०० रन बनाउने पहिलो टिम बनेको थियो ।

राजस्थानका कप्तान सन्जु सामसनले ३२ बलमा ३ चौका र ४ छक्काको मदतमा सर्वाधिक ५५ रन बनाए । बटलरले आक्रमक ब्याटिङ गर्दै २२ बलमै ५४ रन बनाए ।

उनले ७ चौका र ३ छक्का प्रहार गरे । जैसवालले ३७ बलमा ९ चौका प्रहार गर्दै ५४ रन बनाए । शिमरन हेटमायरले १६ बलमा अविजित २२ रन बनाए ।

सनराइजर्सका फाजलहक फारुकी र टी नटराजनले समान २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?