+
+

मिटरब्याज पीडितको अर्को टोली काठमाडौंमा (तस्वीर)

आर्यन धिमाल आर्यन धिमाल
२०७९ चैत २० गते १३:०३

२० चैत, काठमाडौं । आफूहरुको समस्या समाधानको माग लिएर मिटरब्याज पीडितको अर्को टोली काठमाडौं आएको छ । मिटरब्याज पीडितहरुको एउटा समितिसँग सरकारले ५ बुँदे सहमति गरेको २ दिनपछि देशभरका मिटरब्याज पीडितको अर्को टोली काठमाडौं आएको हो ।

यो टोलीले मिटरब्याजीहरुले पीडितविरुद्ध अदालतमा दायर गरेका मुद्दा खारेज गर्नुपर्नेलगायतका विभिन्न माग राखेका छन् । यो टोलीमा झापादेखि कैलालीसम्मका मिटरब्याज पीडितको प्रतिनिधिमूलक उपस्थिति भएको दाबी पीडितहरुको छ । ललितपुर सानेपाको शहीद पार्कमा भेला भएका उनीहरु हिँडेर माइतीघरतर्फ जाँदैछन् ।

तस्वीरहरु

 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?