+
+

बारा-२ मा एमाले र जसपाबीच प्रतिस्पर्धा हुन्छ : रघुवीर महासेठ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २० गते १८:५८

२० चैत, वीरगञ्ज ।  नेकपा एमालेका सचिव रघुवीर महासेठले बारा क्षेत्र नं २ मा एमाले र जसपाबीच प्रतिस्पर्धा हुने बताएका छन् ।  नेता पुरुषोत्तम पौडेलको मनोनयन दर्ता गराउन कलैया पुगेका उनले पत्रकारसँग कुरा गर्दै यस्तै बताएका हुन् ।

केपी ओलीको नेतृत्वमा साढे ३ वर्षमा मधेसमा भएका कामको मुल्यांकन गरेर बारा-२ का जनताले मतदान गर्ने उनको भनाइ छ । एमालेले जित्ने आधार भनेकै एमाले प्रति जनताको विश्वास भएको दावी उनको छ ।

‘ बारा जिल्लामा मात्रै हैन, मधेस प्रदेशमा ०७४ साल भन्दा अगाडि विरोधीहरुले एमालेको बारेमा मधेस विरोधी, विकास विरोधी पार्टी भनेर भ्रम सृजना गरेका थिए, त्यो भ्रम ०७४ पछि समाप्त भइसकेको छ । ०७४ सालमा एमालेले प्रदेशमा २ वटा प्रतिनीधि सभामा विजयी भएको थियो। ०७९ मा ९ वटामा विजयी भएको छ । धेरै ठाउँमा १ सय, १ सय ५० ले पराजित भएको छ ।’

जनताको दवावले गर्दा बारा-२ मा मनोनयन दर्ता गरेको बताउँदै उनले जनताले साथ दिने विश्वास व्यक्त गरे । ‘बारा-२ मा गठबन्धनको नाममा ०७४ र ७९ मा उम्मेदवारी दिएनौं, यसपटक पनि उम्मेदवारी दिने नदिने भनेर बसेका थियौं, तर जनताको दवावले दिन बाध्य भएका हौं।’

उनले भने, ‘जनदवाव आत्मियता हो । विश्वास छ, पिछडिएको दलित, जनजाति, मधेसी समुदाय, अन्य वर्गको आशाको केन्द्र एमाले नै हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?