+
+

एडीबीको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २१ गते १४:३५
फाइल तस्वीर

२१ चैत, काठमाडौं । सन् २०२३ मा नेपालका आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ । एसियन डेभलपमेन्ट आउटलुकको अप्रिल सिरिज सार्वजनिक गर्दै एडीबीले यस्तो प्रक्षेपण गरेको हो ।

एडीबीका अनुसार सन् २०२२ मा ५.८ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको नेपालले सन् २०२१ मा ४.२ प्रतिशतको वृद्धिदर प्राप्त गरेको थियो । आगामी वर्ष भने नेपालले ५ प्रतिशतको आर्थिक वृद्धिदर गर्ने एडीबीको अनुमान छ ।

सन् २०२३ मा मुद्रास्फीति ७.४ प्रतिशत रहने छ । यो अघिल्ला वर्षहरुको तुलनामा भने बढी हो । सन् २०२१ मा ३.६ प्रतिशत र सन् २०२२ मा ६.३ प्रतिशत मात्र मुद्रास्फीति रहेको थियो । आगामी वर्ष भने ६.२ प्रतिशत मात्र मुद्रास्फीति हुने छ । दक्षिण एसियाली मुलुकमध्ये यस वर्ष श्रीलंकाको आर्थिक वृद्धिदर नकारात्मक रहने छ भने अन्य सबै देशको सकारात्मक रहने प्रक्षेपण एडीबीको छ ।

भारतले ६.४ प्रतिशत, माल्दिभ्सले ७.१ प्रतिशत, बंगलादेशले ५.३ प्रतिशत, भुटानले ४.६ प्रतिशत र पाकिस्तानले शून्य दशमलव ६ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्नेछन् । मुद्रास्फीति पाकिस्तानमा २७.५ प्रतिशत र श्रीलंकामा २४.६ प्रतिशत रहने अनुमान छ । नेपाल र माल्दिभ्सको आर्थिक वृद्धिदरमा पर्यटनमा आएको पुनरुत्थान र जलविद्युत उत्पादनमा आएको वृद्धिले ठूलो सहयोग गरिरहेको एडीबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?