+
+

‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनको आदेश

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २१ गते १५:४६

२१ चैत, काठमाडौं । उच्च अदालत पाटनले फिल्म ‘प्रसाद २’ को प्रदर्शन रोक्न अल्पकालीन आदेश जारी गरेको छ । सुदर्शन थापाले निर्देशन गरेको प्रसाद २ आउँदो शुक्रबारदेखि प्रदर्शनको तयारीमा थियो ।

फिल्म निर्माता सुवास थापाले आफ्नो रकम नदिएको भन्दै केशव पाण्डेले फिल्म रोक्नका लागि माग राखेर उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । अदालत जानुअघि उनले चलचित्र विकास बोर्डमा पनि उजुरी गर्न खोजेका थिए । तर बोर्डले उजुरी दर्ता नगरेपछि पाण्डे चलचित्रको प्रदर्शन रोक्नुपर्ने माग राखेर उच्च अदालत पुगेका थिए ।

मंगलबार न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले प्रसाद २ को प्रदर्शन रोक्न आदेश दिएको हो । उनको रिटमा थप सुनुवाइ गर्न उच्च अदालतले २६ गते दुवै पक्षलाई बोलाएको उच्च अदालत पाटनकी प्रवक्ता मन्दिरा शाहीले जानकारी दिइन् । चलचित्र निर्माण सुरु हुनुअघि नै पाण्डेलाई प्रसाद २ को निर्माताका रुपमा चिनाइएको थियो । तर अहिले चलचित्रको उनको नाम छैन ।

फिल्म निर्माता थापाविरुद्ध आर्थिक लेनदेन र बैंकिङ कसूर मुद्दामा पक्राउ पूर्जी जारी  गरेको छ । उनलाई प्रहरीले खोजिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?