+
+

लुम्बिनीमा भोलि म्याराथन र हाफ म्याराथन प्रतियोगिता

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २२ गते १३:१३

२२ चैत, बुटवल । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा एकै दिन दुई वटा दौड प्रतियोगिता प्रतियोगिता आयोजना गरिएको छ ।

नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषदको संयुक्त आयोजनामा तिलौराकोट–लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन र मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा बिहीबार पिस हाफ म्याराथन हुन लागेको हो ।

पिस म्याराथन कपिलवस्तुको तिलौराकोट दरबारबाट बिहीबार विहान ७ बजे सुरु भई लुम्बिनीको शान्ति दीपमा समापन हुने नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिए । खेलकुदको माध्यमबाट लुम्बिनीको पर्यटन र विश्वमा शान्ति प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजित प्रतियोगितामा भारत र नेपालका तीन विभागीय क्लबका समेत गरी ५० बढी धावक सहभागी हुने श्रेष्ठले बताए ।

यो वर्षको प्रतियोगिता समापनसँगै २०७ राष्ट्रका ओलम्पिक कमिटीलाई अर्को वर्षको प्रतियोगिताका लागि समेत निमन्त्रणा गरी ५ वर्षभित्र सबैभन्दा ठूलो म्याराथनका रुपमा विकास गरिने उनले बताए ।

प्रतियोगितामा प्रथम पुरस्कार १ लाख, द्वितीय पुरस्कार ५० हजार र तृतीय हुनेलाई २५ हजार रुपैयाँ प्रदान गरिने लुम्बिनी खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिए । उत्कृष्ट १० औं स्थानसम्म आउनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको उनले बताए । पुरस्कारका लागि मात्रै ४ लाख २४ हजार रुपैयाँ र प्रतियोगिता सम्पन्न गर्न ४० लाख खर्च अनुमान गरिएको उनले बताए ।

उता मदन भण्डारी स्पोर्टस् एकेडेमीले आयोजना गरेको हाफ म्याराथनमा देशभरबाट २ हजार ५ सय खेलाडी सहभागी हुने अध्यक्ष ध्रुव आचार्यले बताए । प्रतियोगितामा महिला र पुरुष दुवैको छुट्टाछुट्टै प्रतियोगिता हुने छ ।

बुद्ध जन्मस्थलमा रहेको शान्तिदीपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दीप बालेपछि त्यही दीपसहित खेलाडीहरु म्याराथनमा सहभागी हुनेछन् । मायादेवी मन्दिर प्रवेशद्वारबाट सुरु हुने म्याराथन पर्साचोकबाट पुनः महिलबार हुदै २१ किलोमिटरको दुरी पार गर्ने छ ।

प्रतियोगितामा पुरुषतर्फ पहिलो हुनेलाई १ लाख ५० हजार, दोस्रोलाई ७५ हजार र तेस्रोलाई ५० हजार रुपैयां नगद पुरस्कार दिइने छ । महिलातर्फ पहिलो हुनेलाई १ लाख ५१ हजार, दोस्रोलाई ७५ हजार, र तेश्रो हुनेलाई ५० हजार रुपैया दिइने छ । दुवै विधामा दशौंसम्मका लागि नगद पुरस्कार राशीसंगै प्रमाणपत्र तथा मेडल प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?