+
+

पोर्न स्टारपछि अर्की मोडल पनि जोडिइन् ट्रम्पको मुद्दामा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २२ गते १४:०२
डोनाल्ड ट्रम्पसँग करेन डोगल ।

काठमाडौं । पोर्न स्टार स्टोर्मी डेनिल्सलाई पैसा दिएर दबावमा राखेको अभियोगमा फौजदारी मुद्दा खेपिरहेका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अर्की मोडलसँग पनि त्यस्तै गतिविधि गरेको अभियोग लागेको छ । ट्रम्पविरुद्ध मुद्दा अभियोजन गरेकाहरूले मोडल करेन डोगलसँग पनि ट्रम्पले उस्तै व्यवहार गरेको जिकिर पेश गरेका हुन् ।

करेन प्ले ब्वाइ म्यागेजिनका लागि मोडल थिइन् । ट्रम्पसँग आफ्नो १० महिना प्रेम सम्बन्ध चलेको उनले जिकिर गरेकी छन् । सन् २००६ मा न्युयोर्क टाइम्समा छापिएको सामग्री अनुसार लस एन्जल्समा ट्रम्प र करेनबीच भेट भएको थियो ।

सन् २०१६ मा सार्वजनिक समाचार अनुसार ट्रम्पसँगको सम्बन्धबारे विशेष कुराकानीका लागि नेशनल इनक्वाएर नामक अखबारले करेनसँग १ लाख ५० हजार डलरको सम्झौता गरेको थियो । यसको मतलब पैसा प्राप्ति पछि ट्रम्पसँगको सम्बन्ध उनले सार्वजनिक रूपमा भन्न पाउने थिइनन् ।

नियोजित रूपमा यो सम्झौता गरिएको तथ्य पछि थाहा पाएको केरनले बताएकी छिन् । अखबारसँग गरिएको कुराकानी प्रकाशित नै नभएपछि राष्ट्रपति निर्वाचनको छेको विवादबाट जोगिन यस्तो हत्कण्डा अपनाइएको थाहा पाएको उनले बताएकी छन् । यसबारे निर्वाचन आयोगले समेत छानबिन गरेको थियो । त्यसपछि आयोगले अखबारलाई १ लाख ८७ हजार डलर जरिवाना तिराएको थियो । ट्रम्पले भने करेनासँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएका थिए ।

पोनस्टार डेनिल्सका अनुसार उनी र ट्रम्पबीच शारिरीक सम्पर्क भएको थियो । त्यस घटना सार्वजनिक भए राष्ट्रपति निर्वाचनको बेला विवादमा फसिने भयले ट्रम्पले आफ्ना वकिल मार्फत डेनिल्सलाई १ लाख ३० हजार डलर दिएको उनले बताएकी छिन् ।

ट्रम्पका वकिल मिचेल कोहेनले डेनिल्सलाई रकम दिएका थिए । हाल मिचेल जेलमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?