+
+

सामसङको नयाँ वर्ष लक्षित अफर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २२ गते १८:५७

काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले नयाँ वर्ष २०८० को अवसरमा ग्राहकहरुका लागि विशेष अफर सार्वजनिक गरेको छ । सामसङका विभिन्न इलेक्ट्रोनिक उत्पादनहरू टिभीदेखि होम अप्लायन्सहरूमा नयाँ वर्ष अफर घोषणा गरेको कम्पनीले जनाएको छ ।

यो अफर २०८० साल २ जेठसम्म लागू हुनेछ । यो अफर सामसङको लेटेस्ट रेन्जका टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिनका लागि लागू हुनेछ । नयाँ वर्षको यो अफरमा सामसङले आफ्ना कन्जुमर ड्यूरेवल्स वस्तुहरूमा ४१ प्रतिशतसम्म क्यासब्याक दिएको छ।

कम्पनीका अनुसार कलर भोल्यूम १०० प्रतिशत क्वान्टम डट टेक्नोलोजी सहितको सामसङ फ्ल्यागसीप क्युएलइदी टिभीहरूमा आकर्षक क्यासब्याक प्रदान गरिएको छ । क्रिस्टल फोर के अल्ट्रा एचडी टिभीको अमेजिङ रेन्ज र तिनीहरूका बिलियन ट्रु कलरहरूमा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार सामसङको इनोभेटिभ साइडबाइ साइड रेफ्रिजेरेटरहरू अपग्रेड गर्न सक्नेछन् । जुन ७०० लिटर क्षमतासम्मको छ । यस्तै ३१४ लिटर क्षमताको कर्ड माइस्ट्रो टीएम वा डिजिटल इन्भर्टर डबल डोर र सिंगल डोर रेफ्रिजेरेटरहरू सबैका लागि उपलब्ध छन् । यसमा २५ प्रतिशतसम्म क्यासब्याक ग्यारेन्टी गरिएको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार ग्राहकहरुले एआई इकोबबल टीएम वासिङ मेसिनमा पर्सनलाइज लन्द्री एक्सपिरियन्स प्राप्त गर्न सक्छन् । जसमा सजेस्टिभ साइकलहरू उपलब्ध रहेका छन् । ८ केजी, ९ केजी र १२ केजीको भेरियन्टमा २८ प्रतिशतसम्मको ग्यारेन्टी क्यासब्याक उपलब्ध रहेको छ । उपभोक्ताहरुले फ्रन्ट लोड वासिङ मेसिनमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्, जुन ८ केजी र ९ केजी क्षमता र हाइजिन स्टिम सुविधासहित उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?