काठमाडौं । सामसङ नेपालले नयाँ वान यूआई ७ बेटा सार्वजनिक गरेको छ ।
शक्तिशाली एआई सुविधा, सरलीकृत नियन्त्रण र भविष्यका स्केलेबल एआई इकोसिस्टम पूर्वावलोकन रहेको वान यूआई ७ बेटा प्रोग्राम सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।
इन्टरफेसको प्रत्येक टच पोइन्टमा प्रमुख एआई एजेन्ट र मल्टिमोडल क्षमताहरू एकीकृत गरी हरेक अन्तरक्रियालाई प्राकृतिक र सहज महसुस हुने एआई प्लेटफर्मको सिर्जना गरेर वान यूआई ७ ले ठूलो छलाङ लिएको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार एड्भान्स लेखन सहायक टुलहरू (राइटिंग असिस्ट टुल) जस्ता ग्यालेक्सी एआई फिचरहरूमा वान यूआई ७ ले बलियो अपडेटहरू ल्याएको छ ।
ग्यालेक्सी प्रयोगकर्ताका लागि पहिले नै उपलब्ध रहेको शक्तिशाली लेखन सहायक टुलहरूमा विस्तार भएको यो क्षमताले कन्टेन्ट संक्षेप गर्न, हिज्जे र व्याकरण जाँच गर्न र स्वचालित रूपमा बुलेट पोइन्टहरूमा नोट ढाँचा गर्न एआई–सञ्चालित विकल्पहरू यसले प्रदान गर्नेछ ।
वान यूआई ७ को साथ अपग्रेड गरिएकाले २० ओटा भाषाहरूमा कल ट्रान्सक्रिप्टहरू मार्फत सञ्चार र जडान सीमालाई जोड दिने गर्दछ । कल रेकर्डिङ इनएबल गर्दा रेकर्ड गरिएका कल स्वचालित रूपमा पछि सन्दर्भका लागि ट्रान्सक्राइब हुनेछ जसले बहुकार्य गर्दा म्यानुअल रूपमा नोट लिनु पर्ने आवश्यकतालाई हटाउने गर्दछ ।
डिभाइसको लक स्क्रिनबाटै सहज पहुँचका साथ सञ्चारलाई सुव्यवस्थित गर्ने नयाँ सूचना प्रणालीमा आधारित वान यूआई ७ का शक्तिशाली एआई फिचरहरू नयाँ लुकको साथ आएको कम्पनीले जनाएको छ ।
सिम्प्लिफाइ गरिएको होम स्क्रिन, पुनः डिजाइन गरिएको वान यूआई विजेट र लक स्क्रिन गरी फिचरहरू प्रयोगकर्तालाई प्रत्येक विवरणमा ग्रेन्युलर कन्ट्रोल प्रदान गर्न र अनुकूलनलाई सहज र निर्बाध बनाउन एक जुट भई काम गर्ने कम्पनीले जनाएको छ ।
पुनः डिजाइन गरिएको क्यामेरा यूएक्सले एड्भान्स सेटिङहरूमा थप सहज कन्ट्रोल दिन्छ । क्यामेरा बटन, कन्ट्रोल र मोडहरूलाई प्रयोगकर्ताका लागि आवश्यक सुविधाहरू फेला पार्न सजिलो बनाउन र क्याप्चर गरेको तस्वीर वा रेकर्ड गरेको भिडियोको स्पष्ट पूर्वावलोकन दिनका लागि पुनः संगठित गरिएको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार प्रो र प्रो भिडियो मोडका म्यानुअल सेटिङको लेआउट पनि सरलीकृत गरिएको छ । जसले सुट गरिरहेको तस्वीर वा भिडियो खिच्दा फोकस गर्न सजिलो बनाउँछ ।
प्रयोगकर्ताका लागि प्रो भिडियो मोडमा रेकर्डिङ गर्दा नयाँ जुम कन्ट्रोल उपलब्ध छ, जसले सहज ट्रान्जिसनका लागि जुमको गति नियन्त्रण गर्न दिन्छ।
कम्पनीका अनुसार वान यूआई ७ को आधिकारिक रूपमा रिलिज आगामी ग्यालेक्सी एस सिरिज डिभाइसहरूसँग हुनेछ । सन् २०२५ को पहिलो त्रैमासिकदेखि सुरु हुने गरी इनहान्सड अन–डिभाइस एआई फङ्गसन गरी थप एआई क्षमताहरू समावेश हुनेछ ।
प्रतिक्रिया 4