+
+

अन्तर्राष्ट्रिय शान्ति म्याराथनमा नेपाली सेनाका खगेन्द्र पहिलो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २३ गते १२:५३
हाफ म्याराथनका पदक विजेता खेलाडीहरू ।

२३ चैत, बुटवल । अन्तर्राष्ट्रिय शान्ति म्याराथनमा नेपाली सेनाका खगेन्द्रबहादुर भाट प्रथम भएका छन् ।

अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा तिलौराकोटदेखि लुम्बिनीसम्म भएको म्याराथनमा नेपाल प्रहरीका निरन खड्का द्वितीय र श्रीलंकाका अमिला सनाथ तृतीय भएका छन् ।

तिलौराकोटबाट लुम्बिनीको शान्ति दीपसम्मको ४२ किलोमिटर दुरीमा भएको दौड प्रतियोगितामा ३३ पुरुष धावक सहभागी भएको नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र श्रेष्ठले बताए ।

म्याराथनमा पहिलो हुनेले १ लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार नगद प्राप्त गरेका लुम्बिनी खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिए ।

हाफ म्याराथनमा दीपक र राजपुरा पहिलो

बिहीबारै लुम्बिनी मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको हाफ म्याराथनमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी पहिलो भए ।

अधिकारीले २१ किलोमिटरको दुरी १ घन्टा ६ मिनेट २ सेकेन्डमा पुरा गरेका थिए । उनले १ लाख ५० हजार रुपैयाँ नगद पाए ।

एपीएफका गोपीचन्द्र पार्की १ घण्टा ६ मिनेट ४६ सेकेन्डमा दुरी पुरा गर्दै दोस्रो भए । त्रिभुवन आर्मीका मुकेश पाल तेस्रो र त्रिभुवन आर्मीकै नरेन्द्र रावल चौथो भए ।

यस्तै महिलातर्फ नेपाल प्रहरीकी राजपुरा पछाई पहिलो भइन् । उनले १ घन्टा २४ मिनेट २ सेकेन्डमा पूरा गरेर पहिलो भइन् । उनले १ लाख ५१ हजार रुपैयाँ नगद पाइन् ।

एपीएफकी विन्द्रा धान्के दोस्रो, नेपाल प्रहरीकी रेखा विष्ट तेस्रो र त्रिभुवन आर्मीकी पूर्णलक्ष्मी चौथो भए । महिला र पुरुष दुवै विधामा दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार र चौथोले ३० हजार नगद पुरस्कार पाए ।

२ हजार ५ सय खेलाडीले भाग लिएको म्याराथन दौडको उदघाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?