+
+

काठमाडौं महानगरमा २०८० सालमा २२४ दिन विद्यालय खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २३ गते १४:१३

२२ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८० को शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । उक्त क्यालेन्डर अनुसार शैक्षिक सत्र २०८० मा २२४ दिन विद्यालय खुल्नेछ ।

महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८० मा परीक्षा, विदा, अतिरिक्त क्रियाकलाप लगायतका कार्यक्रमहरुमा एकरुपता कायम गर्न र यसै अनुसार आफ्नोे शैक्षिक क्यालेन्डर र शैक्षणिक योजना बनाउन महानगरपालिकाले विद्यालयहरुलाई आग्रह गरेको छ ।

कार्यतालिका अनुसार बैशाख ३ गतेबाट शैक्षिक सत्र सुरु हुनेछ । गर्मी विदा ८ दिन (असार २२ देखि २९ गतेसम्म), प्रथम त्रैमासिक मूल्याङ्कन (साउन २५ देखि भदौ १ गतेसम्म), असोज २८ गतेदेखि मंसिर १ गतेसम्म, दोस्रो त्रैमासिक (अर्धवार्षिक) मूल्याङ्कन पुस १ गतेदेखि ११ गतेसम्म रहेको छ ।

त्यस्तै जाडो विदा पुस १९ गतेदेखि माघ ५ गतेसम्म १९ दिन, अन्तिम मूल्याङ्कन चैत १ गतेदेखि ९ गतेसम्म, चैत १० गतेदेखि अर्को शैक्षिक सत्र सुरु हुने दिनसम्म चालु शैक्षिक सत्रको मूल्याङ्कन, नतिजा प्रकाशन र समीक्षा गरी आगामी शैक्षिक सत्रको लागि योजना निर्माण, शैक्षिक सामग्री निर्माण, कक्षाकोठना व्यवस्थापन लगायतको तयारी गर्नुपर्ने छ । शैक्षिक सत्र २०८० मा ५ दिन विद्यालयहरु आफैंले आवश्यकता अनुसार विदा दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?