+
+

रेनुका र सरुले किक स्टार्टबाट भारतीय महिला लिग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २३ गते १८:४३

२३ चैत, काठमाडौं । नेपाली महिला टिमकी पूर्वकप्तान रेनुका नगरकोटी र मिडफिल्डर सरु लिम्बुले भारतीय शिर्ष डिभिजनको महिला लिग खेल्ने भएका छन् । रेनुका र सरुले बुधबार किक स्टार्ट क्लबसँग आधिकारिक सम्झौता गरेका हुन् ।

यसअघि २०२० मा भारतीय महिला लिग खेल्ने टुङ्गो लागे पनि कोभिड महामारीका कारण रेनुका, सरु लयागतका खेलाडीले भारतीय शिर्ष डिभिजनको लिगको अवसर गुमाएका थिए ।

यस पटक भने हालसम्म महिला लिगका लागि ४ जना खेलाडीले अनुबन्धता जनाइसकेका छन् ।

नेपाली महिला टिमकी उदयीमान फरवार्ड दीपा शाही लड्र्स एफसीसँग अनुबन्ध भइसकेकी छिन् भने सावित्रा भण्डारी पनि गोकुलम केरेलामा अनुबन्ध भइसकेकी छिन् ।

यसअघि नेपाली टिमकी मिडफिल्डर अनिता बस्नेतले पनि भारतीय महिला लिग खेलिसकेकी छिन् ।

भारतीय लिगमा पहिलो पटक खेल्न जान लागेका दुवै खेलाडी निकै उत्साहित रहेका छन् । ‘पहिलो पटक नेपाल बाहिर लिग खेल्न जान लाग्दैछौं । यसअघि कुरा टुङ्गो लागिसक्दा पनि कोभिडका कारण हामीले अवसर गुमाएका थियौं ।

अहिले पुन अनुबन्ध भएका छौं । म एकदमै उत्साहित छु । पहिलो पटकको भारतीय शिर्ष डिभिजनको लिगमा सहभागी हुन,’ रेनुकाले अनलाइनखबरसँग भनिन् ।

रेनुका नेपालको लागि लामो समयबाट मिडफिल्ड सम्हाल्दै आएकी छिन् ।

एन्जिला तुम्बापो सुब्बा अघि उनले नेपाली टिमको कप्तानी पनि सम्हाली सकेकी छिन् । पछिल्लो साफ च्याम्पियनसिप चोटका कारण गुमाएकी रेनुकाले भारतीय लिगका लागि आफू तयार रहेको बताइन् ।

सरु नेपाली महिला फुटबल टिमको मिडफिल्डमा बलियो पकड भएकी खेलाडी हुन् । उनले हाल नेपाली मिडफिल्डमा उत्कृष्ट प्रदर्शन देखाइरहेकी छिन् । अप्रिल २५ बाट सुरु हुने लिगमा १६ टिम सहभागी छन् । रेनुका र सरु भने अर्को हप्ता भारत प्रस्थान गर्नेछन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?