+
+

आगामी वर्षको बजेट लेख्ने टिम तयार, बराल संयोजक

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २४ गते १५:२२

२४ चैत, काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट लेख्ने टिमको टुंगो लगाएको छ । मन्त्रालयले बजेट मस्यौदा लेखन समिति गठन गरी जिम्मेवारी समेत तोकेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

मन्त्रालयले सहसचिव भुपाल बराल संयोजक रहने गरी समिति बनाएको छ । जसमा सहसचिवहरु उत्तरकुमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा सदस्य रहेका छन् ।

बजेट लेखनमा अर्थ मन्त्रालयका दुई सचिव (राजस्वसहित) र अर्थ मन्त्रीले मार्गदर्शन गर्ने गर्छन् । यसअघि राजस्व सचिवको नेतृत्वमा राजस्व परामर्श समिति गठन भई काम भइरहेको छ ।

आगामी आवको बजेट १५ जेठ २०८० मा संसदमा प्रस्तुत भइसक्नु पर्छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रका वर्तमान समस्या समाधान गर्ने गरी नयाँ बजेट निर्माणको काम थालिएको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?