+
+

‘पुष्पा २’ को टिजर रिलिज, ग्याङस्टर लुक्समा अल्लु अर्जुन

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २४ गते १७:०५

काठमाडौं । प्रतीक्षित दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ को टिजर सार्वजनिक भएको छ । तीन मिनेट लामो यो इन्ट्रो टिजरमा अल्लु अर्जुनलाई पुष्पाको भूमिकामा प्रस्तुत गरिएको छ । उनलाई जंगलमा एक बाघसँग जम्काभेट भएको रुपमा देखाइएको छ ।

पुष्पालाई सार्वजनिक गर्नुपर्ने माग राख्दै उसका फ्यानले गरेको प्रदर्शनलाई समेत यसमा प्रस्तुत गरिएको छ । फिल्म ‘पुष्पा २’ यसको शीर्ष चरित्र पुष्पा पात्र र खलपात्र भानवर सिंहबीचको लडाइँमा आधारित छ । यो ग्याङस्टर फिल्मले एक सामान्य व्यक्ति कसरी संघर्ष गरेर शक्तिको उचाइमा पुग्छ भन्ने कथा चित्रण गर्छ ।

फिल्मको पहिलो भाग नेपाल र भारतसहित विश्वभर सुपरहिट भएको थियो । यो फिल्मले अल्लु अर्जुन र रश्मिका मन्दानालाई ग्लोबल स्टारको रुपमा स्थापित गर्न भूमिका खेल्यो । सुकुमारको लेखन तथा निर्देशन रहेको यो फिल्मलाई सन् २०२३ कै बहुप्रतीक्षित फिल्मको सूचीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?