+
+

 डा. राजु अधिकारीका ३ पुस्तक एकसाथ लोकार्पण

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २५ गते ९:१७

जीवनशैली, वैज्ञानिक अध्यात्म तथा योग प्रशिक्षक डा. राजु अधिकारीद्वारा लिखित तीन पुस्तक  ‘परिवार सुख’, ‘संस्कारी बन्ने काइदा’ र ‘हजुरलाई विशेष उपहार’ एकसाथ लोकार्पण गरिएको छ ।

काठमाडौंको पेप्सीकोलास्थित अक्षरा स्कुलमा शुक्रबार आयोजित विशेष कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त एवम् साहित्यकार दिनेश थपलिया, संस्कृतिविद् डा. गोविन्द टन्डन, साहित्यकार डा. तुलसी भट्टराई र प्रेश काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पुस्तक लोकार्पण गरेका हुन् ।

लोकार्पणसँगै  वक्ताहरूले उल्लिखित तीन फरकफरक पुस्तकमा आ आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा डा. गोविन्द टन्डनले अधिकारीको ‘संस्कारी बन्ने काइदा’ पुस्तक अहिलेको समयमा अति नै सान्दर्भिक रहेको बताए ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अधिकारीको पुस्तक ‘हजुरलाई विशेष उपहार’बारे समीक्षा गर्दै पुस्तक पढ्दै गर्दा उपहार होस् त यस्तो भन्ने अनुभूति हुने उनले बताए ।

कार्यक्रममा साहित्यकार डा. तुलसी भट्टराईले अधिकारीको पुस्तक ‘परिवार सुख’को समीक्षा गर्दै पछिल्लो समय परिवारमा आइरहेको बेमेलले समाजलाई भड्खालोतिर लगिरहेको अवस्थामा यस पुस्तकले आदर्श परिवार निर्माणमा सघाउ पुग्ने बताए ।

लोकार्पण कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले असल संस्कारको आवाश्यकता पत्रकारितालगायत सबै क्षेत्रलाई परेको बताए ।

लेखक डा. राजु अधिकारीले लोकार्पित किताबहरूमा एउटाले भित्री जीवनलाई सिँगार्ने, अर्कोले बाहिरी जीवन सिंगार्ने र तेस्रोले सबैले सबैलाई जोड्ने अर्थात् आफूले अरुसँग जोड्ने काम गर्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?