+
+

दिल्लीको लगातार तेस्रो हार, राजस्थान शीर्ष स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २५ गते १९:४८

२५ चैत, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएलको १६औं संस्करणमा दिल्ली क्यापिटल्सले लगातार तेस्रो हार बेहोरेको छ ।

यस सिजन संघर्ष गरिरहेको दिल्ली शनिबार भएको खेलमा राजस्थान रोएल्ससँग ५७ रनले पराजित भयो ।

सिजनको दोस्रो जितपछि राजस्थान ३ खेलबाट ४ अंक जोड्दै राजस्थान शीर्ष स्थानमा उक्लेको छ ।

समान ४ अंक रहेका लखनउ सुपर जायन्ट्स, गुजरात टाइटन्स र पञ्जाव किंग्सलाई राजस्थानले रनरेटमा पछि पारेको हो । लगातार तीन खेल हारेको दिल्ली अंकविहिन हुँदै पुछारमा छ ।

राजस्थानले दिएको २०० रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो ।

दिल्लीका लागि कप्तान डेविड वार्नरले ५५ बलमा ७ चौका प्रहार गर्दै सर्वाधिक ६५ रन बनाए ।

यस्तै ललित यादवले २४ बलमा ३८ रन बनाए । राइले रुसोले १४ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

राजस्थानका लागि ट्रेन्ट बोल्ट र युजभेन्द्र चहलले ३-३ विकेट लिए । रविचन्द्रन आश्विनले २ तथा सन्दिप शर्माले १ विकेट लिए ।

त्यसअघि गुवाहटीस्थित बर्सपारा स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले जोस बटलर र यशस्वी जैसवालको अर्धशतकमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९९ रन बनाएको थियो ।

बटलरले ५१ बल खेल्दै ११ चौका र १ छक्का मद्दतमा ७९ रन बनाए । जैसवालले ३१ बल खेल्दै ११ चौका र १ छक्का मदतमा ६० रन बनाए ।

यस्तै शिमरोन हेतमायरले २१ बलमा अविजित ३९ रन बनाउँदा १ चौका र४ छक्का प्रहार गरे । दिल्लीका मुकेश कुमारले २ तथा कुलदिप यादव र रोभमन पावेलले समान १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?