+
+

भ्वाइस किड्सका १२ जना लाइभ शोमा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते १२:५८

काठमाडौं । भ्वाइस किड्स नेपालको ब्याटल राउण्ड प्रतिस्पर्धा रोचक बनिरहेको छ । पछिल्लो सप्ताहन्तका एपिसोडबाट १२ जना प्रतिस्पर्धी लाइभ शोमा प्रवेश गरेका छन् । आगामी साता हुने ब्याटल राउण्डको बाँकी प्रतिस्पर्धाबाट थप १२ गरी २४ जनाको लाइभ शो समीकरण पूरा हुनेछ ।

लाइभ शोका लागि १६ जनालाई छनोट र आठ जनालाई स्टिल गर्नुपर्ने नियम छ । तपाईंले ब्याटल राउण्ड हेर्दै हुनुहुन्छ भने यो नोकझोंक र रस्साकस्सी निकै मनोरञ्जन बनिरहेको छ । दबाबको केन्द्रमा कोच छन् भने प्रतिस्पर्धीलाई पनि उत्तिकै प्रेसर देखिन्छ ।

जसअनुसार शुक्रबार र शनिबारका दुई एपिसोडबाट कोच मिलन नेवारको समूहबाट प्रार्थना गुरुङ, सृष्टि लामा, निशित बिके लाइभ शोमा प्रवेश गरेका छन् । कोच प्रमोद खरेलको समूहबाट अल्जिना राई, स्पन्दन सुब्बा र अश्मिक खवास आगामी चरणमा प्रवेश गर्न सफल रहे । टिम सुशान्तबाट बाहिरिएकी अश्मिकलाई प्रमोदले स्टिल गरेका हुन् ।

कोच प्रविशा अधिकारीको समूहबाट अर्नब बन, अग्रिमा रिजाल, रेहाना गुरुङ लाइभ शोमा प्रवेश गर्न सफल भए । कोच सुशान्त केसीको समूहबाट सारा राई, आराध्या धमला र प्रनिशा बाँस्तोला लाइभ शोमा प्रवेश गरे । सुशान्तलाई निर्णय लिन निकै सकस परेको देखिन्थ्यो । सुरुकै ब्याटलमा उनले सारालाई चुनेपछि उनको समूहबाट बाहिरिएकी अश्मिकलाई प्रमोद खरेलले तत्कालै स्टिल गरे ।

प्रमोद र सुशान्तले ब्याटल राउण्ड बाहिरिएका अन्य दुईजना प्रतिस्पर्धीसँग मिलेर गीत गाउने प्रतिबद्धता जनाएका छन् । जेठ पहिलो साता हुने फिनालेमा विजयी बन्न चार जनाबीच प्रतिस्पर्धा हुनेछ । भ्वाइस किड्स प्रत्येक शुक्रबार र शनिबार हिमालय टिभी एचडीबाट प्रसारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?