+
+

गैरकानुनी रुपमा डेढ करोड रुपैयाँ आम्दानी गरेको भन्दै  मुद्दा दायर

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते १८:१८

२६ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको ईशनाथ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले अकुत सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गुप्ताको साथमा १ करोड ४९ लाख ९७ हजार ८६४ रुपैयाँ बराबरको स्रोत नखुलेको सम्पत्ति रहेको र त्यो सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरी साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा १ बमोजिमको कसूर गरेको पुष्टि हुन आएको अख्तियारको दाबी छ ।

अख्तियारले १ करोड ४९ लाख ९७ हजार ८६४ रुपैयाँ बराबरको बिगो कायम गरी कानूनबमोजिम गुप्ता तथा उनकी श्रीमती उषा गुप्ताको नाममा हाल कायम सम्पत्तिवाट जफत गर्न पाउँ भन्ने माग दाबी गरेको छ ।

२०५१ सालामा सार्वजनिक सेवा प्रवेश गरेका गुप्ताले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि छानबिन गरेको प्रवक्ता भोला दाहालले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?