 
																			२७ चैत, काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा उठेका प्रश्नहरुको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।
‘विगतका बैठकहरुदेखि अहिलेसम्म शून्य, विशेष र अन्य समयमा पनि माननीय सदस्यहरुले जनसरोकारका विविध विषयहरुमा कुरा उठाइरहनुभएको छ’ सोमबारको प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले भने छन्, ‘अहिलेसम्म उठेका प्रश्नहरुको जवाफ दिन निर्देश गर्दछु ।’
संसदमा उठेका प्रश्नहरुको जवाफ सरकारले दिनुपर्ने सम्बन्धी व्यवस्था प्रतिनिधिसभा नियमावलीको नियम १५ मा छ । ‘… आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा दिनु पर्नेछ’ नियमावलीको नियम १५ को उपनियम २ मा छ ।
नियमावलीको यस व्यवस्था बमोजिम सरकारले संसदमा उठेका प्रश्नहरुको जवाफ नदिएको भनी निरन्तर संसदमा प्रश्न उठ्दै आएको छ । सांसदहरुको निरन्तरको प्रश्नलाई ख्याल गर्दै सभामुख घिमिरेले संसदमा उठेका प्रश्नहरुको जवाफ दिन सरकारलाई निर्देशन दिएका हुन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4