+
+

वर्ष २०७९ मा युट्युबमा धेरै हेरिएका १० गीत, शीर्ष स्थानमा ‘लजालु मायालु’ (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २७ गते १८:५३

काठमाडौं । उर्गेन दोङ र अनु चौधरीको स्वरमा रहेको ‘लजालु मायालु’ वर्ष २०७९ मा युट्युबमा सबैभन्दा धेरै हेरिने गीत बनेको छ । ६ महिनाअघि रिलिज भएको उर्गेन र वीरेन्द्र दोङले संगीत गरेको यो गीतलाई चार करोडभन्दा बढी पटक हेरिएको छ । गीत टिकटक लगायतका प्लेटफर्ममा समेत भाइरल बन्यो ।

वर्षमा धेरै सुनिने गीतको दोस्रो स्थानमा सन्तोष सुनारको छमक छमक रहेको छ । यो गीतलाई हालसम्म ३ करोड भन्दा बढी पटक हेरिएको छ । सज्जनराज वैद्यको गीत ‘धैर्य’ तेस्रो स्थानमा छ । यो गीतलाई दुई करोड १८ लाख भन्दा बढी पटक हेरिएको छ । २०७९ सालको वैशाख १ गतेदेखि चैत मसान्तसम्म रिलिज भएका गीतको युट्युब भ्युजको आधारमा तयार पारिएको सूचीको उत्कृष्ट १० भित्र मिश्रित जनराका गीत अटाएका छन् ।

सूचीमा गीत, गायक-गायिका र भ्युज उल्लेख गरिएको छ ।

१. लजालु मायालु (उर्गेन दोङ र अनु चौधरी) : ४ करोड

२. छमक छमक (सन्तोष सुनार) : ३ करोड २ लाख

३. धैर्य (सज्जनराज वैद्य) : २ करोड १८ लाख

४. कालो चश्मा (डोल्मा ह्योल्मो) : २ करोड ६ लाख

५. सोल्टी बजार (शान्तिश्री परियार) : २ करोड

६. ए हो र माया (हिमाल सागर र अनु चौधरी) : १ करोड ९९ लाख

७. हाम्रो यो माया (उर्गेन दोङ) : १ करोड ८० लाख

८. दर्शन सलाम (छक्कापञ्जा ४- डेभिड शंकर र साहिमा श्रेष्ठ) : १ करोड ७२ लाख

९. मेरी चम्पा (ट‌ंक तिमिल्सिना) : १ करोड ६० लाख

१०. छुनुमुनु छुनुमुनु (अञ्जु पन्त र आशिष अविरल ) : १ करोड ५२ लाख

यीबाहेक यस वर्ष केही यस्ता गीत निकै चर्चित भए, जसले दर्शकमाझ चर्चा बटुले । तिलकसिंह पेलाको संगीत तथा स्वर रहेको गजल ‘के लत बस्यो’ले यस वर्ष सर्वाधिक चर्चा बटुल्यो । यो गजलले भाइरल हुने होडबीच संगीतको बेग्लै आनन्द, मिठास र गायकी प्रस्तुत गरेको थियो । यो गजल गीतले पेला स्वयंलाई रातारात स्टार बनाइदियो । सोमबारसम्म ‘के लत बस्यो’लाई ६४ लाख पटक हेरिएको छ ।

यसैगरी छुनुमुनु (एलिना चौहान र एचबीएन किस्मत), केशरी (कबड्डी ४- एसडी योगी), जरुरी कुरा छ (सम्हालिन्छ कहिले मन- अञ्जु पन्त र सुरेश लामा), फूलैफूल दिन्छौ कि रिमेक (शिव परियार), घुमी घुमी (सुजन चापागाईं र शान्तिश्री परियार), फाटेको मन (पशुपति शर्मा), बाबरी रंग (बाबरी- अस्मिता अधिकारी र अनमोल गुरुङ), मन भुल्छ (प्रकाश दूतराज) लगायत गीतमा पनि उल्लेख्य भ्युज रहे पनि उत्कृष्ट १० भित्र अटाउन सकेनन् । फिल्म झिंगेदाउको गीत ‘आगो बिना बिंडी जल्दैन’ पनि यस वर्ष भाइरल हुने गीतमध्ये पर्छ । हरिवंश आचार्यको स्वरमा रहेको गीत ‘काउली’ पनि अहिले रुचाइएको मध्येको एक गीत हो । युट्युबबाहेक अर्को सांगीतिक प्लेटफर्म स्पटीफाइ पछिल्लो समय संगीतप्रेमी माझ निकै चर्चित छ । यो प्लेटफर्ममा पनि सज्जनराज वैद्य सबैभन्दा धेरै सुनिने गायकमध्ये पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?