+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

अर्थतन्त्रको समस्यामा छिटै समाधान दिन्छौं : उपप्रधानमन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २८ गते १४:३४

२८ चैत, बुटवल । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अर्थतन्त्रमा देखिएका समस्या छिटै समाधान हुने बताएका छन् ।

मंगलबार प्रेस सेन्टर रुपन्देहीले भैरहवामा गरेको पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले अर्थतन्त्र सुधार गरी समृद्धिको लक्ष्य हासिल गर्नु सरकारको मुख्य प्राथमिकता भएको बताए ।

‘मन्त्रिपरिषद्ले पूर्णता पाउन केही ढिलाइ भएका कारण मुलुकको अर्थतन्त्र सुधारका लागि हुनुपर्ने प्रयासमा केही कमी भएको साँचो हो’, उनले भने, ‘तर अब एक–दुई दिनमै अर्थतन्त्रका समस्याहरु समाधान दिनेगरी सरकार अघि बढेको छ ।’

आफू भौतिक पूर्वाधार मन्त्री हुँदा धेरै सुधारका काम भएको बताउँदै अब गृहमन्त्रालयमा आर्थिक तथा कुनै चलखेल नहुने दावी गरे । संविधानअनुसार नागरिकताको अधिकार प्राप्त नगरेका नागरिकलाई नागरिकता प्रदान गरिने श्रेष्ठले जनाए ।

‘संविधानको अधिकारभित्र रहेका नागरिकलाई नागरिकता दिन्छौं’, उनले भने, ‘कुनै नागरिकलाई नागरिकताविहीन बनाउन सकिन्न, तर नागरिकता विधेयकका केही विषयमा राष्ट्रिय सहमतिको प्रयास गरिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?