+
+

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संघसंस्थालाई सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २९ गते १२:५७

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघसंस्थालाई सहयोग गरेको छ । बैंकका अनुसार मन्दिर, विद्याश्रम तथा अनाथालयलाई सहयोग गरिएको हो ।

बैंकको टिकापुर शाखाले टिकापुर नगरपालिका–१ कैलालीमा अवस्थित जालवा देवी सेवा समितिलाई आठ थान सीसी क्यामेरा सहयोग गरेको छ । मन्दिर परिसरभित्र रहेका सभागृह, मन्दिर आदिमा सम्भावित चोरी, निकासी तथा अन्य सुरक्षामा सहयोग पु¥याउने उद्देश्यले सीसी क्यामेरा सहयोग गरिएको बैंकले जनाएको छ ।

टीकापुर शाखाका प्रमुख पदमबहादुर कठायत र वडाध्यक्ष मोहन विकले जालवा देवी सेवा समितिका अध्यक्ष हर्कबहादुर रावललाई उक्त सामग्री हस्तान्तरण गरेका थिए ।

त्यसैगरी बैंकको महेन्द«नगर शाखाले समाज कल्याण अञ्चल बाल अनाथालयलाई खाद्यान्न, झोला, खेलकुद लगायतका आवश्यक सामग्री हस्तान्तरण गरेको छ । अनाथालयमा रहेका २६ बालबालिकाको आधारभूत आवश्यकता परिपूर्ति गर्नका लागि आनाथालयलाई उक्त सहयोग गरेको बैंकले जनाएको छ ।

महेन्द्रनगर शाखाका प्रमुख पहलमान ठकुल्ला र कन्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले सयुक्त रुपमा समाज कल्याण अञ्चल बाल अनाथालयका कार्यवाहक अध्यक्ष दिवाकर भट्टलाई सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।

बैंकको डडेलधुरा शाखाले अमरगढी नगरपालिका–८ मा अवस्थित उग्रतारा वेद विद्याश्रमका लागि आवश्यक खाद्यान्न सहयोग गरेको छ । विद्याश्रममा अध्ययनरत ३० बटुकहरुको दैनिक आधारभूत आवश्यकता पुरा गर्न सहजता मिलोस भन्ने उद्देश्यले विद्याश्रमलाई उक्त सहयोग गरेको बैंकले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका नायव प्रदेश प्रबन्धक तथा डडेलधुर शाखाका प्रमुख चेत पाण्डेले उग्रतारा वेद विद्याश्रमका प्राचार्य प्रेमराज भट्टलाई सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?