+
+

उपनिर्वाचन पर्यवेक्षण गर्न ६ संस्थालाई अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २९ गते १३:०२

२९ चैत, काठमाडौं । १० वैशाखमा हुने उपनिर्वाचनको पर्यवेक्षण गर्न ६ वटा संस्थाले अनुमति लिएका छन् ।

बारा–२, चितवन–२ र तनहुँ–१ मा हुने उपनिर्वाचन अनुगमन गर्न निर्वाचन आयोगले राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुशासन महासंघ नेपाल, विश्व उपभोक्ता महासंघ, नेपाल, पूर्वन्यायाधीश फोरम, नेपाल र राष्ट्र निर्माण मञ्च नेपाललाई अनुमति दिएको छ ।

ती संस्थाबाट निर्वाचन क्षेत्र खुलाई सिफारिस भएर आउने पर्यवेक्षकले आयोगबाट पर्यवेक्षकको अनुमतिपत्र पाउने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?