+
+

‘चुम्बन’ चर्चाबीच सुरक्षाले भनिन्- उहाँ फिल्ममेकर भएकाले सम्झाइरहनुपर्दैन

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २९ गते १३:३३

काठमाडौं । हलमा चलिरहेको फिल्म ‘बहाव’मा समावेश चुम्बनको दृश्य यतिबेला चर्चामा छ । चुम्बनको लामो दृश्यले अभिनेत्री सुरक्षा पन्तलाई पनि एकाएक चर्चामा ल्याएको छ ।

चुम्बनको दृश्यले नवविवाहित जोडीको दाम्पत्य जीवनमा कुनै नकारात्मक प्रभाव पार्ने त होइन भनेर पनि सामाजिक सञ्जालमा कतिपयले टिप्पणी गरेका छन् । तर यसबीच सुरक्षाले चुम्बन दृश्यबारे प्रष्टीकरण दिएकी छन् । पति मानव सुवेदी फिल्मकर्मी समेत भएकाले पात्रको औचित्य र रोलबारे कुरा बुझ्ने सुरक्षाले बताएकी छन् ।

‘उहाँ आफैं फिल्ममेकर भएको हुनाले पात्रले मागेअनुसार जे पनि गर्नुपर्ने हुन्छ भन्ने बुझ्नुभएको छ  । कथाले मागेपछि पात्रको औचित्य चाहिं पूरा गर्नुपर्छ भन्ने उहाँको बुझाइ छ । फिल्ममेकरलाई धेरै सम्झाइरहनुपर्दैन,’ सुरक्षाले भनेकी छन् ।

आफूहरु लामो समयदेखि सम्बन्धमा रहेको र यस्ता झिनामसिना कुराले केही फरक नपर्ने सुरक्षाको टिप्पणी छ । ‘हामी यति लामो समयदेखि सम्बन्धमा छौं । एकअर्काको क्यारेक्टरबारे हामीलाई थाहा छ । कुन क्षेत्रमा काम गरिराख्या छौं भन्ने पनि थाहा छ,’ उनी भन्छिन्, ‘ब्युटीफुल छ हाम्रो सम्बन्ध, यति सानो कुराले केही हुँदैन ।’

मानवले अहिलेसम्म फिल्म नहेरेको र फुर्सद मिलाएर हेर्ने तयारी गरेको समेत उनले बताइन् । मानव र सुरक्षाले केही महिनाअघि ६ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । सुरक्षा यतिबेला वैशाख १ गते प्रदर्शन तयारीमा रहेको अर्को फिल्म ‘बुलाकी’को प्रवद्र्धनमा व्यस्त छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?