+
+

मन्त्रीको गुनासो : कर्मचारी खटाएको ठाउँमा जाँदैनन्, नेताले छानेर माग्छन्

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २९ गते १८:१६

२९ चैत, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले राजनीतिक हस्तक्षेपले कर्मचारी परिचालनमा समस्या भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभामा समय लिएर बोलेका उनले कर्मचारीले राजनीतिक पहुँचका आधारमा राम्रो ठाउँ छान्ने र मेयर, अध्यक्ष तथा राजनीतिक दलका नेताले आफ्नो स्थानीय तहमा आफू अनुकुलका कर्मचारी खोज्ने गरेको बताए ।

‘एउटा मेयर साब आउनुहुन्छ फलानो कार्यकारी प्रमुख चाहियो भन्नुहुन्छ, खाली भएको साथीलाई पठाउँछौं, त्यहाँबाट पार्टीको साथी, प्रतिनिधिसभा सदस्य र उपमेयरले फोन गरेर मलाई नसोधी किन पठाएको भन्नुहुन्छ’ उनले भने ।

स्थानीय तहका प्रमुख, प्रदेश र संघीय सरकारका मन्त्रीले कर्मचारी छानेर माग्ने गरेको भन्दै उनले यसरी छानेका कर्मचारी २ हजार मात्र रहेको भन्दै संघीय निजामती सेवामा रहेका ५३ हजारमध्ये अरु ५१ हजार कर्मचारीलाई कहाँ पठाउने भनी प्रश्न गरे ।

कर्मचारीले उपत्यका र सुगम ठाउँमात्र खोज्ने र खटाएको ठाउँमा जाँदै नजाने अडान लिँदा पनि समस्या भएको मन्त्री मोदीले बताए । ‘कयौं कर्मचारी हामी त जाँदै जाँदैनौं जे सुकै गर्नुस् भन्ने पनि छन्’ उनले भने । संघीय सरकारले पठाएका कतिपय कर्मचारीलाई स्थानीय तहका प्रमुखले हाजिर नगराएर फर्काइदिएको पनि मन्त्री मोदीले गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?