+
+

कर्मचारीको ट्रेड युनियन खारेज गरौं : ज्ञानेन्द्र शाही

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २९ गते १४:३२

२९ चैत, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारी कर्मचारीको ट्रेड युनियन खारेज गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्‍त्री अमनलाल मोदीको वक्तव्य उपर धारणा राख्दै उनले भने, कर्मचारीको युनियन खारेज गर्ने नीति ल्याउनुस् । तपाईंलाई हाम्रो हार्दिक स्वागत छ ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्‍त्री मोदीले संघीय निजामति विधेयक संसदमा ल्याउने तयारीमा सरकार रहेको बताएका छन् ।

उनका अनुसार संघीय निजामती विधेयक तयार पारेर कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा पठाइएको छ ।

कानुन र अर्थ मन्त्रालयको राय प्राप्त भएपछि मन्त्रिपरिषदबाट स्वीकृति प्राप्त गरेर संसदमा ल्याउने तयारीमा सरकार रहेको संघीय मामिलामन्त्री मोदीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?