+
+

माधव नेपाललाई योगेशको प्रश्न : होशमा हुनुहुन्छ कि हुनुहुन्न ?

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २९ गते १८:२१

२९ चैत, काठमाडौं। नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट संसद विघटन हुँदैछ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।

बुधवार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेबाट संसद विघटन हुँदैछ भनेर अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाएका हुन् ।

उनले भने, ‘ पूर्वप्रधानमन्त्री माधव नेपालले एमालेबाट संसद विघटन हुन लागेको छ खबरदार सबै सचेत हौं भन्नुभएछ । मैले बुझेको माधव नेपाल कुनै नचाहिंदो चिज सेवन गर्नुहुन्न उहाँले । मद्यपान, धुम्रपानबाट अलिकति टाढा रहेको भन्ने नै मैले बुझ्छु माधव नेपाललाई । तर आजको उहाँको बोली हेर्दा अलि शंकास्पद छ क्या । उहाँले आफू दुरुस्त भएर त्यो बोलेको जस्तो लाग्दैन।’

उनले अध्यक्ष नेपालको बोली शंकास्पद रहेको पनि बताए । उनले नेपाल दुरुस्त भएर बोलेको जस्तो नलागेको भन्दै होशमा हुनुहुन्छ कि हुनुहुन्न भनेर प्रश्न समेत गरे । एमाले प्रतिपक्षमा भएको भन्दै प्रतिपक्षमा भएको पार्टीले कसरी संसद विघटन गर्छ भनेर पनि उनले प्रश्न गरे ।

उनले भने, ‘जुन पार्टी प्रतिपक्षमा छ । त्यो पार्टीले कसरी संसद विघटन गर्छ ? उहाँले के भन्दै हिंड्नुभएको छ ? सपना देख्नुभएको छ कि ? विपनामा हुनुहुन्छ कि ? होशमा हुनुहुन्छ कि ? हुनुहुन्न ?’

उनले कांग्रेस सभापतिले भविष्यमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्नसक्ने कुरा अभिव्यक्त गरेकोमा कांग्रेस ब्युँझिएको टिप्पणी गरे ।

उनले भने, ‘कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउँछौं भनेर भन्ने कुरा कांग्रेस बल्ल ब्युँझेछ । यो त कांग्रेसको अधिकार हो नि ।’

उनले कांग्रेस नेतृत्वमा सरकार बन्नु संवैधानिक अधिकार भए पनि कांग्रेसले सो अधिकारको प्रयोग गर्न नसकेको बताए । उनले अहिले कांग्रेस आफ्नो हैसियतमा नरहेको बताए।

‘कांग्रेसले त आफ्नो संवैधानिक अधिकार नै प्रयोग गर्न नसक्ने गरी थला बसेको छ । कांग्रेस आफ्नो हैसियतमा छैन’ उनले भने ।

सचिव भट्टराईले देशमा तमाम समस्याहरु भए पनि नेपाली कांग्रेस रमिते बनेर बसिरहेको बताए ।

उनले भने, ‘बीपी, गणेशमान, किसुनजीहरुले बनाएको कांग्रेस छैन आज शेरबहादुरको पालामा । यो कांग्रेस त स्वाभिमान गुमेको, इच्छाशक्ति नभएको, र आज यत्रा तमाम समस्यामा रमिते बनेर बस्ने कांग्रेस हो यो । रमिते बनेको छ यो कांग्रेस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?