+
+

एसियाली खेलकुदका लागि नेपालको टिम तयारी ११ वैशाखदेखि

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २९ गते १८:४७

२९ चैत, काठमाडौं । चीनको होङझोउमा हुने १९औं एसियाली खेलकुदलाई लक्षित गरी नेपालले राष्ट्रिय टिम तयारी ११ वैशाखदेखि सुरु गर्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिव टंकलाल घिसिङले बुधबार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार ११ वैशाखदेखि ३ जेठसम्म पहिलो चरणको प्रशिक्षण हुनेछ । त्यसमा २४५ जना खेलाडी सहभागी हुनेछन् ।

६–२५ जेठसम्म दोस्रो चरणको प्रशिक्षण हुनेछन् । दोस्रो चरणमा खेलाडी संख्या घटाएर २९५ मा झारिनेछ । २६ जेठदेखि ३१ भदौसम्म सञ्चालन हुने मुख्य र अन्तिम तयारीमा १६८ खेलाडी हुनेछन् ।

नेपालले एसियाली खेलकुदमा २३ खेलका खेलाडी समावेश गर्ने निर्णय गत वैशाखमै गरेको हो ।

एसियाली खेलकुद पनि कोरोना महामारीका कारण १ वर्ष सारिएको हो । प्रतियोगिता ६–२१ असोजमा आयोजना हुँदैछ ।

एसियाडका लागि प्रशिक्षण सुरु गर्नुअघि सबै खेलको छनोट प्रतियोगिता ३–७ वैशाखसम्म हुनेछ । करातेले यसअघि नै छनोट सम्पन्न गरिसकेको छ ।

यो अवधिमा छनोट गर्न असमर्थ हुने खेलको हकमा औचित्य पुष्टि गरी समय हेरफेर गर्न सकिने सदस्यसचिव घिसिङले बताए ।

सरकारले एसियाड तयारीका लागि विनियोजन गरेको १० करोड रुपैयाँ अर्थ मन्त्रालयले विना जानकारी रोक्का गरिदिएपछि राखेपले माघ अन्तिमदेखि सुरु गर्ने तयारी गरेको एसियाडलक्षित प्रशिक्षण प्रभावित भएको थियो ।

अर्थ मन्त्रालयले २ करोड निकाशा गरेपछि प्रशिक्षण सुरु गर्न लागिएको सदस्यसचिव घिसिङले जानकारी दिए ।

‘तयारी प्रशिक्षणका लागि अहिले २ करोड बजेट छ । यतिले पुग्दैन । नपुग रकम अर्थ मन्त्रालयले दिने प्रतिबद्धता जनाएको छ,’ उनले भने, ‘प्रशिक्षण करिब साढे पाँच महिना चल्छ । कुनै पनि हालतमा प्रशिक्षण रोकिँदैन ।’

एसियाली खेलकुदमा नेपालको सहभागिता रहने खेल– तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल (महिला), गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती, भारोत्तोलन, आर्चरी, बास्केटबल (थ्री बाइ थ्री), फेन्सिङ, ह्यान्डबल, कबड्डी, टेबलटेनिस, भलिबल (महिला), ब्याडमिन्टन, क्रिकेट र सुटिङ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?