+
+

प्रभु बैंक र दराजबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २९ गते १९:१२

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकले दराजबाट सामान खरिद गर्दा छुट पाउने भएका छन् । नयाँ वर्ष २०८० को अवसरमा दराज नेपालसँग सम्झौता गर्दै ग्राहकलाई छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ । सम्झौतासँगै यो योजना २८ चैतदेखि लागु हुनेछ ।

सम्झौता पत्रमा बैंककका प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र दराज नेपालका भुक्तानी प्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरे । सम्झौता अनुसार बैंकका ग्राहकहरुले ११–१४ अप्रिलसम्म डेबिट कार्ड मार्फत प्रिपेमेन्टमा ८ प्रतिशत वा अधिकतम ७५० रुपैयाँ बराबरको छुट पाउने छन् भने क्रेडिट कार्ड मार्फत १० प्रतिशत वा अधिकतम एक हजार रुपैयाँ सम्मको छुट पाउने छन् ।

त्यसैगरी ग्राहकहरुले १५–२० अप्रिलसम्म २० प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्मको छुट पाउन सक्नेछन् । यी अफरहरु प्राप्त गर्नका लागि दराज प्रयोगकर्ताहरुले आफ्नो बैंक कार्ड सक्रिय गर्नुपर्ने हुन्छ ।

दराजले सूचीकृत गरेका स्वास्थ्य, सौन्दर्य र पहिरनका सामानहरुको खरिदमा ग्राहकहरुले २० प्रतिशत वा अधिकतम २०० रुपैयाँ सम्म छुट पाउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?