+
+

रूसमा पुरुषलाई देश छोड्न प्रतिबन्ध लगाउने विवादास्पद विधेयक पारित

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३० गते ५:५१

३० चैत, मस्को । रूसको संसदको माथिल्लो सदनले युक्रेनमा मस्कोको आक्रमणका बीच पुरुषहरूलाई देश छोड्न प्रतिबन्ध लगाउने ‘डिजिटल ड्राफ्ट प्रणाली’ बनाउने विवादास्पद विधेयकलाई बुधबार अनुमोदन गरेको छ ।

संसदको तल्लो सदन, स्टेट डुमाले मङ्गलबार दोस्रो र तेस्रो पटक विधेयक पारित गरेपछि सिनेटरहरूले विधेयकको समर्थन गरेका हुन् ।

राष्ट्रपति भ्लादिमिर पुटिनले यस विधेयकमा हस्ताक्षर गरेपछि यो कानुनमा परिणत हुनेछ ।

क्रेमलिनका आलोचकहरूले यो विधेयकले युक्रेनमा युद्ध गर्न पुरुषहरूलाई परिचालन गर्न र युक्रेनमा रूसको आक्रमण दोस्रो वर्ष लम्बिँदै जाँदा देशबाट देशबाट पलायन हुन खोज्नेलाई कडा कारबाही गर्न ठूलो सहयोग पुग्ने बताएका छन् ।

क्रेमलिनले अर्को अभियानको योजना नबनाएको र जुन गतिमा यो विधेयक पारित भइरहेको छ, त्यसमा कुनै असामान्य कुरा नभएको बताएको छ ।

संसदको माथिल्लो सदनमा बुधबार एक जना सिनेटरले मात्र विधेयकको विपक्षमा मतदान गरेका थिए भने पक्षमा १६३ मत परेको थियो ।

प्रस्तावित परिवर्तनहरू अन्तर्गत, ड्राफ्टरलाई रूस छोड्न प्रतिबन्धित गरिनेछ र ‘इलेक्ट्रोनिक कल–अप’ कागजातहरू प्राप्त भएपछि सूचीकरण कार्यालयमा रिपोर्ट गर्नुपर्नेछ । एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?