+
+

पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक महासंघ सदस्यमा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३० गते १३:३३

काठमाडौं । पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको ५७औं साधारण सभाबाट कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएका छन् ।

एसोसिएटतर्फबाट श्रेष्ठ महासंघको सदस्यमा निर्वाचित भएका हुन् । यसअघि उनले महासंघको उद्योग प्रवद्र्धन समिति, अन्तर्राष्ट्रिय लगानी तथा प्रवर्द्धन समितिमा रहेर काम गरेका थिए ।

विभिन्न सामाजिक संस्थाहरु चाइल्डरिच नेपालका पूर्व बोर्ड अध्यक्षका साथै अन्तर्राष्ट्रिय व्यापारिक संस्था वाईपीओको निर्वतमान अध्यक्ष तथा बोर्ड सदस्य लगायत संस्थाहरुमा आबद्ध रहेर पनि उनले काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?