+

इण्डियन वुमन्स लिग खेल्न चार खेलाडी भारत प्रस्थान

२०७९ चैत  ३० गते १४:४२ २०७९ चैत ३० गते १४:४२
इण्डियन वुमन्स लिग खेल्न चार खेलाडी भारत प्रस्थान

३० चैत, काठमाडौं । इण्डियन वुमन्स लिग (आईडब्लूएल)मा व्यावसायिक फुटबल खेल्न नेपाली राष्ट्रिय टिमका चारजना खेलाडी बिहीबार भारत प्रस्थान गरेका छन् ।

साविक विजेता गोकुलम केरलाबाट खेल्ने स्ट्राइकर सावित्रा भण्डारी, सेथु एफसीबाट खेल्ने गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा र किक स्टार्टबाट खेल्ने सरु लिम्बु र रेनुका नगरकोटी भारत गएका हुन् ।

सावित्राले सन् २०१८–०१९ को सिजनदेखि नै भारतमा व्यावसायिक लिग खेलिरहेकी छन् ।

सरु र रेनुका यसअघि २०२० को सिजनमा अनुबन्ध भए पनि कोरोना महामारीका कारण प्रतियोगिता स्थगित भएपछि खेल्न पाएका थिएनन् ।

नेपाली टिमकी उदीयमान खेलाडी दीपा शाही पनि लर्डस एफसीका लागि अनुबन्धित भइसकेकी छन् ।

सन् २०१६ देखि सुरु भएको भारतीय महिला फुटबल लिगमा १६ टिम छन् ।

नयाँ संस्करणको प्रतियोगिता २५ अप्रिलदेखि सुरु हुनेछ । सहभागी १६ टिमलाई दुई समूहमा बाँडेर प्रतिस्पर्धा गराइनेछ । हरेक समूहको शीर्ष चार टिम क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

एञ्जिला तुम्बापो दीपा शाही रेनुका नगरकोटी सरु लिम्बु सावित्रा भण्डारी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय